चैत्र १६, २०८० शुक्रबार

झापामा प्रदेशस्तरीय भलिवल प्रतियोगिता शुरु

कुमरखोद । झापा गाउँपालिकामा प्रदेशस्तरीय दोस्रो अध्यक्षकप भलिवल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।
भलिवल प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । समूह ‘क’ बाट पहिलो चरणको खेल दमक र मेचीनगर नगरपालिकाबीच हुने भनिएकोमा मेचीनगर नगरपालिकाको टीम नआएपछि दमक नगरपालिकाको टीमले नेटगोल हानी स्वतः विजयी भएको छ ।

त्यसैगरी समूह ‘क’ बाट दोस्रो चरणको खेलमा षडानन्द नगरपालिका भोजपुर र कन्काई नगरपालिका झापाबीच भएको प्रतिष्पर्धामा ३–१ को सेटले हराउँदै षडानन्द नगरपालिका विजयी भएको छ । षडानन्द नगरपालिकाका खेलाडी भुवन गौतम म्यान अफ द म्याच घोषित भए । त्यसैगरी समूह ‘ख’ बाट तेस्रो चरणको खेलमा झापा गाउँपालिका र वाह्रदशी गाउँपालिकाबीच भएको प्रतिष्पर्धामा ३–१ को फराकिले सेटले हराउँदै झापा गाउँपालिका विजयी भएको छ । झापाका खेलाडी रोहित शिवाकोटी खेलको म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत मंगलवार समूह ‘क’ बाट सभापोखरी नगरपालिका संखुवासभा र कमल गाउँपालिका झापा , समूह ‘ख’ बाट चुलाचुली गाउँपालिका ईलाम र गौरादह नगरपालिका , समूह ‘ख’ बाटै बेलवारी नगरपालिका मोरङ र बिर्तामोड नगरपालिका झापाबीच खेल हुने भएको छ । शरणामतीको जनता माविको खेलमैदानमा संचालन भईरहको भलिवल प्रतियोगिता १० गतेसम्म संचालन हुने भएको छ । प्रदेश न.ं १ अन्तरपालिका स्तरीय प्रतियोगितामा आयोजकसहित जिल्लाका १० र जिल्ला वाहिरका ६ वटा टिमले भाग लिएका छन् । दैनिक तीन खेल हुने तालिका रहेको छ ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् । त्यसैगरी सेमिफाईलनबाट बाहिरिने टीमलाई समेत नगद १५ हजार पुरस्कार राखिएको छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले नगद ११ हजार, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाईकर , उत्कृष्ट सेटर , उत्कृष्ट डिफेन्स र उत्कृष्ट व्लकरले जनही ५ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् भने म्यान अफ द म्याच हुने सबै खेलको खेलाडीलाई जनही १ हजार नगद र मेडल प्रदान गरिने भएको छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले पानसमा वत्ती वालेर र निर्णायक टिमलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा चन्द्र ज्योती अंग्रेजी मावि र जय पाथीभरा अंग्रेजी माविका विधार्थीहरुले मार्चपास गरेका थिए भने जनता माविका विधार्थीहरुले स्वागत नृत्य गरी खेलीप्रेमी दर्शकहरुलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : पुष ६, २०७८ मंगलबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]