जेष्ठ ६, २०८१ आईतबार

ट्राफिक सप्ताहलाई प्रभावकारी बनाइयोस्

सम्पादकीय
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा ट्राफिक सप्ताह शुरुआत गरेर दुर्घटना न्यूनिकरण अभियान थालिएको छ । एक हप्तासम्म दुर्घटना न्यूनिकरणका लागि जनचेतना मुलक कार्यक्रम गरिने बुझिएको छ । सो अभियान आइतवारबाट झापामा पनि भव्य रुपमा शुभारम्भ गरिएको छ । झापा ट्राफिकले जिल्लाभर ट्राफिक सप्ताहलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने विश्वास गरिएको छ । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले अभियान थालनी गरे पनि यसलाई साझा कार्यक्रमका रुपमा अपनत्व लिनुपर्छ ।

ट्राफिक जनचेतना मुलक कार्यक्रमहरु प्रायःशहर केन्द्रीत छन् । शहर केन्द्रीत हुनुको अर्थ सवारी चाप पनि हो । तर, ट्राफिक जनचेतना सबै क्षेत्रमा आवश्यक छ । शहरमा अलि धेरै आवश्यक हुने गर्छ । यस प्रकारको शिक्षा सबै सवारी चालक र सरोकारवालाई जानकारी हुन जरुरी छ । झापामा अभियान शुभारम्भका क्रममा सार्वजनिक गरिएको विवरण डर लाग्दो थियो । गत आर्थिक वर्षमा ९३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । चालु आर्थिक वर्षको ५ महिनामा ५१ जनाले ज्यान गुमाइरहेको अवस्था छ ।

तथ्याङकलाई अध्ययन गर्ने हो भने हरेक वर्ष दुर्घटनामा ज्यान गुमाउनेको संख्या दोब्बर छ । यसको अर्थ, दुर्घटना दर पनि बढिरहेको छ । यसैले दुर्घटना न्यूनिकरणका लागि यस किसिमका जनचेतना मुलक कार्यक्रमको आवश्यक पर्छ । सवारी चालकहरुलाई सकेसम्म धेरै प्रशिक्षित गर्न आवश्यक देखिएको छ । अधिकांश दुर्घटना चालककै कारण भएको ट्राफिक प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसैले सवारी चेकजाँच र गति नियन्त्रण अहिलको आवश्यकता हो । ट्राफिक प्रहरीले अभियानको परिणाम आउने गरि सप्ताह सञ्चालन गर्नुपर्छ ।

प्रकाशित मिति : पुष ६, २०७८ मंगलबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]