बैशाख १३, २०८१ बिहीबार

सडक बत्ती मर्मत गर

सम्पादकीय
झापा जिल्लाभर केन्द्र सरकार, स्थानीय तह र उपभोक्ताको लगानीमा सडक क्षेत्रमा सौर्य बत्ती जडान भयो । पाँच वर्षअघि जडान भएका सौर्य बत्ती अहिले वेकम्मा जस्तै भएको छ । सडकभर सौर्य बत्तीका पोल ठडिएका छन् । तर, रातमा उज्योलो प्रकाश पाउन सकिएको छैन । खासगरी बिर्तामोडसहित शहरी क्षेत्रमा सौर्य बत्ती जडान गर्ने काम भएको थियो । जिल्लाभर १३ करोडको लगानीमा जडान गरिएका बत्तीले प्रकाश दिन सकिरहेको छैन । यसको तत्काल समाधान नहुने हो भने बजार क्षेत्रमा जोखिम बढ्दै जानेछ ।

बिर्तामोडमा राखिएका सौर्य सडक बत्ती अहिले प्रभावहीन भएको छ । शुरुआतमा उज्यालो दिएको बत्तीले अहिले अन्धार बाहेक केहि दिएको छैन । अधिकांश पोलहरुमा बत्ती छन् । तर, बलेका छैनन् । अधिकांश बत्तीहरु बल्दैनन् । बेले पनि धिपधिप बल्ने गरेको छ । प्रकाश सडकसम्म खस्दैन पनि । जब, सडकसम्म प्रकाश खस्दैन भने यसको औचित्य समाप्त भएको बुझ्नुपर्छ । जडान गर्ने कम्पनीले पाँच वर्षसम्म मर्मत गर्ने सम्झौता गरेको थियो । तर, सो समयावधिभित्र मर्मतकार्य भएन । समयमा मर्मत नहुँदा थप समस्या बढेको पाइन्छ ।

सडकमा राखिएको सौर्य सडक बत्ती सुरक्षाका लागि प्रभावकारी हुन सक्छ । त्यसैका लागि पनि बजारमा बत्ती जडान गरिएको हो । कुनै दुर्घटना भए बत्तीको मद्दतले दोषीलाई समात्न सकिन्छ । सडक सुरक्षामा प्रभावकारी हुन सक्ने अनुमान गरेर नै बत्ती राखिएको थियो । तर, अहिलेको अवस्थामा सडकसम्म बत्तीले काम गरेन भने दुर्घटनामा संलग्नहरु फरार हुन सक्छन् । प्रहरीलाई समात्न पनि समस्या हुन सक्छ । बत्ती हुँदा अनुसन्धानमा पनि सहज हुन्छ । प्रहरीलाई मात्र होइन, आम नागरिकलाई बत्ती आवश्यक छ । रात विहान हिडडुल गर्न सडक बत्ती प्रभावकारी हुन्छ । यसैले यसको मर्मतसँगै विकल्प खोज्न जरुरी छ । गुणस्तरीय बल्भ जडान गरेर बिर्तामोडलाई झलमल्ल बनाउन बनाऔं ।

प्रकाशित मिति : पुष ७, २०७८ बुधबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]