बैशाख १३, २०८१ बिहीबार

बेन्जेमाले दुई गोल गर्दा रियललाई आठ अंकको अग्रता

काठमाडौं, ८ पुस – फरवार्ड करिम बेन्जेमाले तीन मिनेटको अन्तरमा दुई गोल गरेपछि स्पेनिस ला लिगामा जित हासिल गर्दै रियल मड्रिडले तालिकामा आठ अंकको अग्रता बनाएको छ । 

बुधबार राति भ्रमणकारी टोली रियलले एथ्लेटिको क्लबमाथि २–१ अन्तरको जित निकालेको हो । बिबाओमा भएको खेलमा बेन्जेमाले खेलको ४ र ७ मिनेटमा लगातार दुई गोल गरेपछि रियलले सुरुआतबाटै खेलमा पकड बनाएको थियो । १०औँ मिनेटमा आइहान सानसेटले एथ्लेटिकोको लागि अन्तर घटाएपनि खेलमा फर्कन सकेन । 

जितसँगै रियलले १९ खेलबाट ४७ अंक बनाएको हो । दोस्रो स्थानको सेभियाको ३८ अंक रहेको छ । सेभिया अघिल्लो रात बार्सिलोनासँग रोकिएको छ । पराजित एथ्लेटिकोको समान खेलबाट १९ अंक सहित १० औं स्थानमा छ । 

राति नै भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड ग्रानडासँग २-१ अन्तरले पराजित भयो । ग्रानडाको घरेलु मैदानमा जोआओ फेलिक्सको गोलमा एट्लेटिकोले दूई मिनेटमै अग्रता बनाएको थियो । १७औँ मिनेटमा डार्विन माचिसले बराबरी गोल गरे । ६१औँ मिनेटमा जर्ज मोलिनाले विजयी गोल गरे । हारसँगै एट्लेटिको २९ अंकसहित पाँचौ स्थानमा झरेको छ । 

प्रकाशित मिति : पुष ८, २०७८ बिहीबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]