बैशाख १९, २०८१ बुधबार

धान ढुवानीमा सुविधा देऊ

सम्पादकीय
किसानले यतिवेला खेतबारीमा धान काटेर कुनिउ लगाएका छन् । धान काटेर अन्य बाली लगाउन व्यस्त किसान धान झारेर विक्री गर्छन् । घर परिवारलाई आवश्यक धान राखेर किसानले विक्रि नै गर्ने हो । तर, किसानले लगानी अनुरुप मुल्य नपाउँदा मर्कामा परेका छन् । हरेक वर्ष किसानले धान उत्पादनमा गरेको लगानीबाट सन्तोषजनक नाफा समेत प्राप्त गर्न सकेको अवस्था छैन । आम्दानी भन्दा लगानी धेरै हुने अवस्था छ । किसानले लगाएको धानवाली माटो राम्रो नभएका कारण उत्पादन समेत कम छ । किसानलाई मल, विउका कारण उत्पादनमा समेत कठिनाई हुने गर्छ ।

पहिलेको खाद्य संस्थान , अहिलेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानको धान खरिद गर्ने गरेको छ । भर्खरै झापामा धान खरिदका लागि किसानलाई आव्हान समेत गरिएको छ । गाउँमा किसानले धान विक्रीका लागि व्यापारीको निकै मोलमोलाई गर्नुपर्ने अवस्था छ । धान दिएर पनि समयमा भुक्तानी पाइने अवस्था छैन । व्यापारीले पनि विभिन्न बहानामा किसानको भुक्तानीमा आलटाल गरिरहेका हुन्छन् । त्यसको समाधान भनेको खाद्यमा धान विक्री गरेर समाधान गर्न सकिन्छ ।

खाद्यमा धान विक्री गर्दा किसानले तत्कालै रकम पाउने छन् । उनीहरुले प्रक्रिया पुरा गरेर ल्याएको धान खरिद विक्रीमा समस्या हुदैन । तर, खाद्यले किसानलाई ढुवानीका लागि सहयोग गर्दैन । कम्तिमा खाद्यले किसानलाई ढुवानीसम्मको सुविधा उपलब्ध गराउनुपर्छ । किनभने, ढुवानी नपाउने हो भने किसानलाई बिर्तामोडसम्म आइपुग्दा गाउँ मै विक्री गरे जस्तो हुनेछ । यसैले किसानलाई सहज हुने गरि सुविधा दिने व्यवस्था मिलाउनु पर्छ । तब मात्र किसानलाई राहत मिल्नेछ । नभए, गाउँकै व्यापारी बराबर हुनेछ ।

प्रकाशित मिति : पुष ८, २०७८ बिहीबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]