बैशाख १३, २०८१ बिहीबार

अध्यक्ष ओलीसँग गौरादह कृषि क्याम्पसलाई जग्गा र उपकरण माग

बिर्तामोड । गौरादह कृषि क्याम्पसमा अध्ययनरत विधार्थीले प्रयोगात्मक शिक्षाका लागि आवश्यक पर्ने जग्गाजमिन र उपकरणहरुको व्यवस्था मिलाइदिन माग गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कृषि क्याम्पसमा रहेको अनेरास्ववियुले उक्त माग राखेको हो । गौरादहमा आयोजित कार्यक्रममा अनेरास्ववियुको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउदै प्रयोगात्मक अभ्यासका लागि जमिन, भेटेनरी संकाय अध्ययन गर्न भेटेनरी कलेज स्थापना, शैक्षिक तथा प्रशासनिक भवन र शिक्षक तथा कर्मचारी आवास निर्माणका लागि माग गरिएको अनेरास्ववियुका अध्यक्ष विराज भण्डारीले जानकारी दिए ।
पूर्व नेपालको एक मात्र कृषि क्याम्पस २०७४ सालमा स्थापना भएको हो ।

प्रकाशित मिति : पुष १२, २०७८ सोमबार  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]