जेष्ठ ३, २०८१ बिहीबार

लिम्बू भाषा प्रशिक्षण

धुलावारी । किराँत याक्थुङ चुम्लुङ मेचीनगर वडा नम्बर–१० वडा समितिको कार्यालय उद्घाटन तथा एक महिने लिम्बू भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
धुलावारीमा आयोजित एक कार्यक्रमकाबिच मेचीनगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुवेशकुमार पनेरु र किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य जितबहादुर लावतीले धुलावारी निवासी अजित कुमार लिम्बूले उपलब्ध गराएको समितिको कार्यालयको उद्घाटन गरेका हुन् ।

वडा नम्बर १० को आर्थिक सहयोग तथा कियाँचुको लागत सहभागितामा एक महिने लिम्बू भाषा प्रशिक्षण सम्पन्न भएको हो । भाषा प्रशिक्षणमा ७० जनाको सहभागिता रहेको थियो । सहभागिलाई हस्तबहादुर आङदेम्बेले भाषा प्रशिक्षण गराएका थिए ।

सोही अवसरमा वडा समितिको कार्यालय निःशुल्क उपलब्ध गराउने तथा लिम्बू भाषाका पाठ्यपुस्तक खरिदका लागि नगद २० हजार उपलब्ध गराउने धुलावारी निवासी हाल युकेमा रहेका अजितकुमार लिम्बूलाई सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष पनेरु र किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य जितबहादुर लावतीले सम्मान पत्र र दोसल्लासहित सम्मान गरेका थिए । यसैगरी, कमलादेवी लिम्बूले आफ्ना पति स्वः आशबहादुर लावतीको स्मृतिमा समितिको कार्यालयका लागि १ थान अफिस टेवल, १२ थान कुर्सी, १ थान दराज प्रदान गरेका छन् ।

वडा समितिका अध्यक्ष टेकबीर लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पनेरु, किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य जीतबहादुर लावती, जिल्ला अध्यक्ष टेकबहादुर लिम्बू, कियाँचुका केन्द्रीय परिषद सदस्य भीम इजम, वडा समितिका उपाध्यक्ष मानबहादुर नेम्बाङ, नगर परिषद सदस्य दिलिप आङदेम्बे, वडा नम्बर १० की वडा सदस्य धिरावती लिम्बूलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार  १० : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]