चैत्र १६, २०८० शुक्रबार

जाडोमा विधुतीय सामग्रीको जोखिम

सम्पादकीय
देशभर जाडो अत्यधिक रुपमा बढेको छ । बुधबार देशका अधिकांश ठाउँमा पानी समेत परेको छ । पानी परेपछि चिसो थप बढेको छ । पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात परेको छ । तीन फुटसम्मको हिमपात परेको छ । पछिल्लो हप्तादेखि जाडो बढेकै थियो । मंगलवारदेखि जाडो छिप्पिएको छ । चिसोका कारण आम नागरिक प्रभावित भएका छन् । चिसोबाट बालबालिका र बृद्धबृद्धा प्रभावित भएका छन् । चिसोका कारण स्वास्थ्यमा समेत अर गर्न थालेको छ । यो बेला ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढन थालेको छ ।

खासगरी चिसो मौसममा पानी तताउन र कोठाहरु तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन छ । गाउँमा आगो ताप्ने र बजार क्षेत्रमा संभव भएसम्म विधुतीय सामग्री प्रयोग गरेर न्यानो हुने गरिन्छ । ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि यसको प्रयोगमा सावधानी अपनाउन सकेन भने अप्रिय घटनाहरु हुन सक्छ । यसैले यस प्रकारका सामग्री प्रयोगमा ख्याल गर्नैपर्छ । ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउनुपर्छ । नभए, दुर्घटना हुन सक्छ ।

जाडोमा स्वास्थ्य बचाउनै पर्छ । सरसफाई बस्नैपर्छ । यसका बाबजुत पनि न्यानो जरुरी छ । यो बेला आवश्यक सतर्कता अपनाएन भने ख्यालख्याल मै जीवन जान पनि सक्छ । त्यसैले हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्नुपर्छ । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो ताप्नु हुदैन । आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री राख्न हुदैन । आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गर्नुपर्छ । सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गर्नुपर्छ । गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्नुपर्छ । गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्नु हुदैन । यी सबै सावधानी अपनाएर उक्त सामग्रीहरुको प्रयोग गर्नु उचित हुनेछ ।

प्रकाशित मिति : पुष १५, २०७८ बिहीबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]