बैशाख १३, २०८१ बिहीबार

धरानलाई तमु ल्होसार महिला गोल्डकपको उपाधि

बिर्तामोड, पुस १५ । बिर्तामोडमा सम्पन्न तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरानले उचालेको छ । खेल अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडनडेथमा जानु परेको थियो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लबलाई सुननसरीको धरान महिला फुटबल क्लबले सडनडेथमा २–१ को गोल अन्तरले गोल गर्दै उपाधि उचालेको हो । खेलको विजेता धरानले नगद १ लाख ११ हजार १११, ट्रफी र मेडल पाएको छ । उपविजता टोली पाँचथरले ५१ हजार १११ रुपैयाँ ट्रफी र मेडल प्राप्त गरेको छ ।

खेलका प्यलेर अफ द म्याच पाँचथरकी प्रमिला राई घोषित भइन् । त्यस्तै, प्रतियोगिता अवधिरका बेस्ड फर्वाड धरानकी समिक्षा मगर, बेस्ट मिड फिल्ड पाँचथरकी प्रमिला राई, बेस्ड डिफेन्स पाँचथरकी रोश्नी क्षेत्री, बेस्ट गोल किप्पर धरानकी सीमा आले मगर, बेस्ट कोच धरानकी भगवती राना मगर भए । प्रतियागिताभरिकी सर्वोत्कृष्ट खेलाडी धरानकी समिक्षा मगर भइन् ।

पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो । धरानले रोयल एफसी दमकलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनलिस्ट दुवै टोलीको समान संयोग के छ भने उनीहरु एकै खेल जितेर फाइनल यात्रामा सफल भएका हुन् ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहको थियो । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । फ्लययर प्ले टिम आयोजक बिर्तामोड फुटबल क्लब भयो । बिर्तामोड फुटबल क्लबले आयोजना गरेका प्रतियागिताका विजेता तथा उपविजेतालाई क्लबका अध्यक्ष डिके गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : पुष १५, २०७८ बिहीबार  ५ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]