बैशाख १४, २०८१ शुक्रबार

नयाँ वर्षसँगै नयाँ संकल्प गरौं

सम्पादकीय
अंग्रेजी नयाँ २०२२ आजबाट प्रारम्भ भएको छ । नेपालमा नेपाली नयाँ वर्ष जत्तिकै गरेर मनाइने यो नयाँ वर्ष २०२१ को अन्तिम दिन र आज दिनभर विभिन्न उत्सवको आयोजना गरेर मनाउने गरिएको छ । नेपालमा मात्र नभई आज विश्वभर अंग्रेजी नयाँ वर्ष भव्यताका साथ मनाइन्छ । नयाँ वर्षको शुरुआतसँगै अव सबैले नयाँ संकल्प गरेर हिड्नुपर्छ । विगतको जीवनलाई समीक्षा गरेर आजबाट नयाँ संकल्प गरेर अघि बढियो भने मात्रै जीवनलाई सार्थक बनाउन सकिन्छ । यसका लागि आजैबाट प्रयत्न गरौं ।

नयाँ वर्षको प्रारम्भसँगै एउटा बहाना बनाऔं । जीवनलाई बदल्ने प्रयास गरौं । यसका लागि विगतको जीवनशैलीलाई खातामा उतारौं । गर्दै आएका , भोग्दै आएको जीवनलाई सर्लक्क उतारौं । जीवनका सकारात्मक र नकारात्मक विषयवस्तुलाई छुट्याऊ । व्यक्ति र समाजलाई हित हुने सकारात्मक विषयवस्तुलाई थप प्रभावकारी बनाउने गरि लागौं । यसअघिका कमजोरीहरुलाई दैनिक जीवनबाट टाढा राखौं । आफु मात्र होइन, यो अवसरमा आफुसँग भएका जो कोहिलाई सुधारको बाटोमा लैजाने प्रयास पनि गर्न सक्छौं ।

आजको दिन विशेष दिन पनि हो । संकल्प गरेर जीवनलाई बदल्न अवश्य सकिन्छ । नयाँ अंग्रेजी वर्षमा कम्तिमा खानपानलाई व्यवस्थित गरौं । खानपानले नेपाली नागरिकको स्वास्थ्यमा पछिल्लो समय असर गरिरहेको छ । स्वास्थ्यलाई कमजोर बनाएर लामो जीवनलाई प्रभावित नबनाऔं । यो वर्ष एउटा संकल्प गरौं, खानपानको व्यवस्थापन । कोहि खान नपाएर कमजोर भइरहेका छन् भने कोहि खान नजानेर कमजोर भइरहेको अवस्था छ । यसैले स्वाथ्य जीवन नभएसम्म केहि गर्न सकिन्न । केहि गर्नका लागि यो संकल्प गरौं । तब मात्र , नयाँ वर्षको उत्सव हामी सबैका लागि सार्थक हुन सक्छ । शुभकामना ।

प्रकाशित मिति : पुष १७, २०७८ शनिबार  ३ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]