बैशाख १३, २०८१ बिहीबार

‘माओवादी कोल्याप्स भइसक्यो, माधव नेपालको कुरै नगरौं’

गौरादह । नेकपा (एमाले) का उपमहासचिव एवम् प्रेस चौतारीका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिमा अवरोध भएको बताएका छन् । गठबन्धन सरकारका कारण समृद्धिको महाअभियानमा अवरोध पुगेको बताए ।
प्रेस चौतारी नेपाल झापाको नवाँै जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सरकारले शुरु गरेको समृद्धि अभियानमा अवरोध पुगेको बताएका हुन् ।

पश्चगामी गठबन्धनका कारण विकास निर्माण अवरोध भएको भन्दै त्यसका विरुद्धमा कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् । उनले समृद्धिको महाअधियान सञ्चालन गर्ने एमाले सरकारलाई प्रतिगामी देख्नेहरु दलाली भएको आरोप लगाए । नेता गुरुङले पत्रकारले समेत राष्ट्रियताको सवालमा अडिक एमालेलाई प्रतिगमन भनेको बताए । अधिवेशन उद्घाटनका क्रममा उनले भने, गठबन्धन राष्ट्रको हितमा छैन । जनताले निर्वाचनबाट उनीहरुलाई परास्त गर्नेछन् ।

विश्व राजनीति धु्रवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिँदै गएकाले अब समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्ने उनको जिकिर छ ।

सत्य र तथ्यलाई सूचनाका रुपमा जनता माझ पुर्याउने काम पत्रकारको भएको भन्दै उनले विकास निर्माण विरोधी गठबन्धनलाई खवरदारी गर्न आग्रह गरे । उनले गठवन्धन सरकार बनेपछि फेरि भ्रष्टाचार मौलाएको धारणा राखे । ‘माओवादी कोल्याप्स भइसक्यो, माधव नेपालहरुको कुरै नगरौं’ नेता गुरुङ भन्छन्, माधव नेपालहरुसँग के विचार छ ? के सिद्धान्त छ ? उनीहरु विधिभन्दा बाहिर उभिएका कारण इतिहासमा सफल नहुने दावी गरे ।

अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्ज समेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमिरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्मत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई , पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : पुष १९, २०७८ सोमबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]