बैशाख ३०, २०८२ मंगलबार

एमाले झापाको अधिवेशन आजदेखि : सहमतिबाटै नेतृत्व चयनको कसरत

बिर्तामोड । नेकपा एमालेको १० औं झापा जिल्ला अधिवेशन आजदेखि बिर्तामोडस्थित रामचोकमा रहेको हिमाल सागर रिसोर्टमा शुरु हुदैछ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

झापा एमालेमा सहमतिबाटै नयाँ नेतृत्वका लागि नेताहरु बीच छलफल भइरहेको बुझिएको छ । सहमति र सहकार्यबाटै नेतृत्व चयन हुने भएका कारण बृहत भेला नगरी अधिवेशन सम्पन्न गरिदैछ । १० औं अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी हुने कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार दुई दिनसम्म सञ्चालन हुने अधिवेशनमा प्रतिनिधिलाई १० बजेदेखि साँझ ५ बजेसम्म मात्रै राखिने छ ।

एमाले झापाको अधिवेशनमा नयाँ नेतृत्वको बारेमा थारै मात्र चर्चा भएको बुझिएको छ । केन्द्रीय नेतृत्व र जिल्लाका नेतृत्वहरु बीचमा भद्र सहमतिबाटै नयाँ नेतृत्व सर्वसम्मत गर्ने सूचना बाहिर आएको छ । प्राप्त सूचना अनुसार अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुने धेरै संभावना छ । अहिलेसम्मको सहमति कार्यान्वयन हँुदा अध्यक्षमा संविधानसभा सदस्य दिपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा असारु राजवंशी र रेनुका डाँगीले जिम्मेवारी पाउने पक्का भएको छ । सहमति कार्यान्वयन भए पनि सदस्य पद्मा निर्वाचनको संभावना रहेको नेताहरुको भनाई छ । सहमति तोडिएमा मात्रै पदाधिकारीमा निर्वाचन हुने आंकलन गरिएको छ ।

अबको जिल्ला कमिटी १८१ सदस्य बन्नेछ । अधिवेशनबाट निर्वाचित १५०, त्यसको १० प्रतिशत बराबर १५ जना र अन्य पार्टीबाट एमालेमा समाहित भएका नेता कार्यकर्ताका लाथि थप १० प्रतिशत बराबर १५ गरेर १८० सदस्य बनाइने भएको छ । १८० मा पनि थप १ जना गरेर १८१ सदस्य जिल्ला कमिटी बनाइने बुझिएको छ ।

प्रकाशित मिति : पुष २३, २०७८ शुक्रबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]