बैशाख ६, २०८१ बिहीबार

मेचीनगरका सबै नागरिकले पाए कोभिड विरुद्धको खोप

बिर्तामोड । मेचीनगर नगरपालिकाले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाएको दावी गरेको छ । नगर उपप्रमुख मीना उप्रेतीले मेचीनगर खोपयुक्त नगर भएको जानकारी दिइन् । नारी सञ्चार गृहको एक कार्यक्रममा उनले १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइएको बताएकी हुन् ।

मेचीनगर नगरपालिकाका अधिकृत अनन्त वस्तीले नगर क्षेत्रमा ८६ हजार ६ सय ६० जनाले कोरोना विरुद्ध खोप लगाएको जानकारी दिए । उनका अनुसार ५१ हजार ३ सय ६० जनाले दुवै डोज खोप लगाएका छन् । उनले १८ वर्षमाथिका सबै नागरिकले खोप लगाएको दावी गरे । वस्तीले भने, पटक–पटक छुटेकाहरुलाई खोप लगाउन भनिएको छ । पछिल्लो समय १८ वर्षमाथिका नागरिक खोप लगाउन आएका छैनन् । यसको मतलव सबैले खोप पाइसके ।

स्वास्थ्य कार्यालय झापाका अनुसार ३ लाख ७१ हजार ५ सय २९ जनाले पहिलो डोज खोप लगाएका छन् भने दुवै डोज खोप ३ लाख ५ हजार २ सय ६१ जनाले खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : पुष २५, २०७८ आईतबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]