बैशाख ७, २०८१ शुक्रबार

विदेशमा अध्ययनरत विद्यार्थीद्वारा छात्रवृत्तिका लागि सहयोग

मेचीनगर – मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्यययनरत नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि सहयोग गरेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले ‘किन्जल फाउण्डेशन नेपाल’मार्फत सहयोग गरेका हुन् ।

विद्यार्थीले फाउण्डेशनमार्फत रु तीन लाख १६ हजार सहयोग गरेको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले जानकारी दिनुभयो । छात्रवृत्ति वितरणका लागि फाउण्डेशनका संयोजक आशिष लामिछाने र प्रधानाध्यापक लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । संयोजक लामिछानेले आर्थिक अभावले पढाइ छाड्न बाध्य विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्न सहयोग गरिएको बताउनुभयो ।

सम्झौताअनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीले वार्षिकरूपमा रु पाँच हजार ८००, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले रु आठ हजार ४५० र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले रु ११ हजार ६०० छात्रवृत्ति पाउने छन् ।

प्रकाशित मिति : पुष २८, २०७८ बुधबार  १० : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]