बैशाख १४, २०८१ शुक्रबार

मेरिङदेन साक्षर गाउँपालिका घोषित

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । आज गाउँपलिकाले एक कार्यक्रम गरी साक्षर गाउँपालिका घोषणा गरेको हो । नेपाल सरकारले तोकिएको सबै मापदण्ड पूरा भएका कारण मेरिङदेनलाई साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

नेपाल सरकारको साक्षर गाउँपालिका, नगरपालिका तथा जिल्लाको घोषणाका लागि तयार गरिएको अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिका २०७५ बमोजिम मेरिङदेन गाउँपालिकामा ९५.३९ प्रतिशत जनसङ्ख्या साक्षर भएको अवस्थामा साक्षर गाउँपालिका घोषणा गरेको गाउँपालिकाका शिक्षा अधिकृत भीमप्रसाद पौडेल बताउनुभयो ।

पौडेलका अनुसार गाउँपालिकाभरी १५ वर्षदेखि ६० वर्ष उमेर समूहका आठ हजार ७९६ जनसङ्ख्यामध्ये आठ हजार ३९१ साक्षर भई अहिले ४०५ जनामात्र निरक्षर रहेका छ । निरक्षरताको प्रतिशत ४.६१ मात्र रहेको पौडेलले बताउनुभयो । १५ वर्षदेखि ६० वर्ष उमेर समूहका चार हजार १९० महिलामध्ये तीन हजार ८७६ अर्थात् ९२.९९ प्रतिशतमात्र साक्षर भएको छ । यस्तै यो समूहका चार हजार ६०६ पुरुषमध्ये चार हजार ५२४ अर्थात् ९८.२२ प्रतिशत साक्षर भएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले गत साउनसम्ममा सङ्कलन गरेको तथ्याङ्कमा १५ देखि ६० वर्ष उमेर समूहका ५८० महिला र २४४ पुरुष गरी कूल ८२४ निरक्षर रहेका थियो । सो समयमा निरक्षरताको प्रतिशत ९.३७ प्रतिशत रहेको थियो । सो बेला यो समूहका ९०.६३ प्रतिशत मात्र साक्षर देखिएको थियो । साउनदेखि पुससम्ममा ४.६१ प्रतिशत निरक्षरताको झारेको छ गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : पुष २८, २०७८ बुधबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]