बैशाख १३, २०८१ बिहीबार

लेडी जेसीजलाई साझा बनाऔं

सम्पादकीय
सामाजिक संस्थाको पहिचान बनाएको जेसीजमा राजनीतिक हावी भएको पछिल्लो केहि घटनाले पुष्टि गरेको छ । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजमा भएको विवाद त्यसको एउटा बलियो आधार हो । जहाँ राजनीतिक हस्तक्षेप पराजय भयो । सामाजिक संस्थाको पहिचान बनाउँदै अघि बढिरहेको जेसीज विशुद्ध क्षमता विकास गर्ने, नेतृत्व विकास गर्ने संस्थाको रुपमा स्थापित छ । तर, बिर्तामोडको लेडी जेसीजले त्यो खास गुमाएको आम जेसी शुभचिन्तकको बुझाई छ ।

वीरता लेडी जेसीजमा वर्ष २०२२ को अध्यक्ष चयनको विषयले चर्चा पायो । चर्चा पाउने कुराले लेडी जेसीजलाई धेरै सवक सिकाइएको हुनुपर्छ । यदि त्यहाँ रहेर काम गर्नेहरुले सवक सिकेको अनुभूति गरेनन् भने त्यो एउटा त्रुटि हुनेछ । यसलाई सबैले सिकाईको रुपमा अघि बढेनन् भने अर्को कार्यकालमा त्यसको नकारात्मक प्रभाव आइलाग्न सक्छ । राजनीतिभन्दा टाढा राख्नुपर्ने जेसी क्षेत्र अहिले राजनीतिक दलकै घेरावाराभित्र छ । यसलाई बाहिर ननिकाल्ने हो भने जेसीज , जेसीज रहन सक्दैन ।

विवादपछि अन्ततः सर्वसम्मत नेतृत्व आएको छ । अहिले आएको नेतृत्व नै शुरुआतको चहाना हो । सबैले चाहेको नेतृत्व पनि यहि हो । तर, योगदान गरेकाहरुलाई नै वाइपास गर्ने मनसाय बनाएका कारण वीरता लेडी जेसीजमा समस्या चर्किएको थियो । जिम्मेवारी दिनुपर्नेलाई नदिने, नदिनुपर्नेलाई फड्को मार्न उक्साउने प्रबृत्तिले विवाद बढायो । विगतमा ४० वर्ष पार गरेका अध्यक्ष धेरै जना बने । अहिले त्यहि उमेरका विषयमा विवाद गरियो । यसभित्रको स्वार्थलाई कसैले स्वीकार गरेनन् । यसको मतलव, राजीतिक हस्तक्षेप मान्न कोहि तयार भएनन् । अब, जेसीजलाई साझा संस्थाकै रुपमा अघि बढाउनुपर्छ । यसका लागि जेसीबीचमा एकता, सहकार्य र सद्भाव अनिवार्य छ । विधान र विगतको नजिरलाई अस्वीकार गर्न मिल्दैन ।

प्रकाशित मिति : पुष २९, २०७८ बिहीबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]