बैशाख ७, २०८१ शुक्रबार

प्रदेश–१ मा ३७९ मा कोरोना सङ्क्रमण पुष्टि

बिर्तामोड । प्रदेश–१ मा पछिल्लो २४ घण्टाको अवधिमा ३७९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७४३ को पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ को एन्टिजेन परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा चार, धनकुटा, खोटाङ र उदयपुरमा एक-एक र प्रदेश बाहिरका १८ जनामा सङ्क्रमण भएको हो । मोरङको विराटनगरमा १६४, बुढीगङ्गामा नौ, कटहरीमा तीन, रङ्गेली, सुन्दरहरैचा र जहदामा दुई-दुई, ग्रामथान, उर्लाबारी, धनपालथान र स्थानीय तह नखुलेका एक-एक, सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा चार, बराहक्षेत्र र दुहवीमा दुई-दुई, इनरुवा, गढी र स्थानीय तह नखुलेका एक-एक रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै झापाको विर्तामोडमा १७, दमकमा नौ, भद्रपुरमा आठ, बुद्धशान्ति, शिवसताक्षी र कनकाईमा दुई-दुई, अर्जुनधारा, गौरीगञ्ज, मेचीनगर, कमल गाउँपालिका र स्थानीय तह नखुलेका एक-एक, इलामको रोङमा दुई, इलाम नगरपालिका र स्थानीय तह नखुलेका एक÷एक, धनकुटाको धनकुटा नगरपालिका, खोटाङको दिप्रुङ र उदयपुरको बेलकामा एक-एक र प्रदेश बाहिरका १८ जना सङ्क्रमण भएका छन् । प्रदेशमा आज आठ महिलासहित २५ कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : पुष ३०, २०७८ शुक्रबार  १० : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]