जेष्ठ ३२, २०८२ शनिबार

खुल्ला १९ सदस्यमा चम्लागाईको सर्वाधिक मत (विवरणसहित)

बिर्तामोड । नेकपा एमाले झापाको खुल्ला भूगोलतर्फको १९ जना जिल्ला सदस्य पद्का लागि भएको निर्वाचनमा देबेन्द्र चम्लागाईले सर्वाधिक मत पाएर निर्वाचित भएका छन् । उनले सर्वाधिक ३४५ मत पाएका छन् ।

खुल्ला भूगोलतर्फको १९ सिटका लागि ५४ जनाबीच प्रतिष्पर्धा भएको थियो । आज राती सम्पन्न मत परिणाम अनुसार देबेन्द्र चम्लागाई (३४५), रिङ्ग कुमार राई (३२२ मत), डम्बरकुमार गिरी (३१८ मत), प्रविण पोखरेल (३१५ मत), गणेशबहादुर बस्नेत (३११ मत), धु्रवकुमार शिवाकोटी (३०७ मत), केशव खड्का (३०५ मत), धनबहादुर थेबे (३०१ मत), दिपेन्द्र लम्साल (२९३ मत) र नारायणप्रसाद गौतम (२८८ मत) बिजयी भएका छन् ।

त्यसैगरी, नेत्र दाहाल (२७९ मत), छविलाल चुडालर (२७४ मत), कृष्णप्रसाद बिमली (२६७ मत), नगेन्द्रप्रसाद संग्रौला (२६५ मत), लोकनाथ गौतम (२४६ मत), गोपाल काफ्ले (२३७ मत), बलराम खरेल (२३१ मत), कृष्ण कनाल (२३० मत) र डम्बरबहादुर बस्नेत (२२१ मत) बिजयी भएका छन् ।

३० सदस्यका लागि शनिवार निर्वाचन भएको थियो । यसअघि १२० जना सर्वसम्मत भइसकेका छन् ।

प्रकाशित मिति : माघ २, २०७८ आईतबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]