बैशाख २९, २०८१ शनिबार

भद्रपुरका धरोहरलाई मरणोपरान्त अभिनन्दन

गंगा बराल

झापा । झापाको सदरमुकाम भद्रपुरमा बसेर आफ्नो इमानदार कर्मद्वारा राष्ट्रिय रुपमा योगदान पु¥याउने पाँच जना व्यक्तित्वलाई मरणोपरान्त अभिनन्दन गरिएको छ ।

नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै भद्रपुर सरोकार समाज काठमाडौंले राजधानीमा आयोजित एक समारोहका बीच उनीहरुलाई अभिनन्दन गरेको हो ।

समाजले अग्रज पत्रकार, अन्वेषक, प्रजातन्त्र सेनानी सोहनलाल (एसएल शर्मा), राजनीतिज्ञ, पत्रकार, वामआन्दोलनका अग्रणी व्यक्तित्व पूर्व वनमन्त्री द्रोणाचार्य क्षेत्री, महिला सशक्तिरणबाट सामाजिक क्षेत्रमा योगदान पुर्याउनुभएकी पूर्व रापस सदस्य दिलकुमारी श्रेष्ठ मेची आमा, शिक्षासेवी घनश्याम खनाल र कृषिको माध्यमबाट औद्योकिकीरणमा योगदान पुर्याउने सुन्दरलाल सिंह राजवंशीलाई मरणोपरान्त अभिनन्दन गरेको हो । लामो समय खोज पत्रकारितामार्फत नेपाली राजनीतिक परिवर्तन तथा सामाजिक विकासमा योगदान पुर्याएका झापा भद्रपुर निवासी अग्रज पत्रकार एसएल शर्माको वि. सं २०६० सालमा निधन भएको थियो । उनले जीवनभर भद्रपुरमा रहेर पत्रकारितासँगै राजनीतिक परिवर्तनका लागि संघर्ष गरेका थिए । उनले विभिन्न जातजाति र संस्कृतिको अन्वेषण गरे ।

यसैगरी, अभिनन्दित द्रोणाचार्य क्षेत्री निरंकुश पञ्चायतका विरुद्ध लड्ने वामआन्दोलनका अग्रज राजनीतिज्ञ थिए भने उनले पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । मेची आमा समाज सुधारक महिला नेतृ थिइन् । सुन्दरलालले वि. सं २०१६ मा निजी क्षेत्रको पहिलो चिया उद्योग स्थापना गरेर सयांैलाई रोजगार प्रदान गरेका थिए भने शिक्षासेवी खनालले २०३६ सालमा मेची बहुमुखी क्याम्पसको प्रमुख भई क्याम्पसको भवन निर्माण र उच्च शिक्ष्षको विकासमा योगदान पु¥याएका थिए ।

समाजका अध्यक्ष वेदनिधि निरौलाको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि पूर्व सांसद जीतु गौतमले अभिनन्दित व्यक्तित्वहरुका परिवारलाई अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार  १० : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]