बैशाख ८, २०८१ शनिबार

पूर्वी नाकामा कडाई गर्न थालियो

झापा । मेचीनगरमा ओमिक्रोन भेरियन्टको संक्रमणको दर बढ्न थालेपछि मंगलवारदेखि काँकरभिट्टा नाकामा आवतजावत गर्ने मानिसहरुमाथि कडाई गर्न थालिएको छ ।

आवश्यक काम बाहेक अन्य कामका लागि काँकरभिट्टा नाका भएर आवातजावत गर्ने मानिसलाई रोक लगाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार उपचारका लागि जाने व्यक्तिले चिकित्सकले प्रेस्क्राईप गरेका कागजात, हवाईयात्रुले जहाजको टिकट अनिवार्य देखाएर मात्र भारत जान वा नेपाल आउन पाउने डीएसपी सुनिलसिंह दाहालले बताए ।

संक्रमण पुनः फैलिएका बेला नेपालतर्फ संक्रमण फैलिन नदिनका लागि चेकजाँच र आवतजावतमा कडाई गरिएको उनले बताए । नेपाली र भारतीय नम्बर प्लेटका सिटी सफारी, मोटरसाइकल, अन्य सवारी साधन नेपाल भारत आवतजावत गरेका भए पनि मंगलबारदेखि निश्चित क्षेत्रसम्म मात्र सञ्चालन गर्न पाउने प्रहरीको भनाइ छ । स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न गराउन, मास्कको प्रयोग गन गराउन, सीमा नाकालाई व्यवस्थित गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  १० : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]