एड्भान्समा घुँडाको हड्डीको प्रत्यारोपण
दमक – अत्याधुनिक प्रबिधि र दक्ष चिकित्सकको उपलब्धता हुन थाले संगै दमकमा रहेको एड्भान्स अस्पतालमा घुँडाको जोर्निको प्रत्यारोपण हुन थालको छ । अस्पतालका हाडजेर्नी तथा नशा रोग बिषेशज्ञ डा.अनुप पोखरेलले प्रदेश नम्बर १ को बिराटनगर र धानपछि दमकमै पहिलो पटक घुँडाको जोर्नि प्रत्यारोपण गरेका हुन।

झापा कमल ६ की ६५ बर्षिया जमुनादेवी भण्डारीको दमकस्थित एड्भान्स अस्पतालमा घुँडाको जोर्निको सफल प्रत्यारोपण गरिएको हो । धेरै ठाउँमा उपचार गराए पनि निको नभएको घुँडाको समस्या समाधानका लागी डा. पोखरेलले जोर्नी प्रत्यारोपण गर्नु पर्ने बताएपछि भण्डारी परिवार चिन्तित बनेको थियो । केहि खर्चिलो र जटिल खालको सल्यक्रिया भएकोले पनि दमकमै उपचार हुन सक्नेमा शंका लागे पनि डा. पोखरेलको परामर्शपछि यहिँ उपचार गर्न राजि भएको भण्डारीले बताईन। भण्डारीको घुँडाको हड्डी पुरै खिइएर समस्या बढेकोले जोर्नी प्रत्यारोपण गरिएको डा. पोखरेलले बताए ।
उनका अनुसार यो प्रविधीबाट झापामा पहिलो पटक उपचार भएको हो । प्रदेश १ मै धरान र बिराटनगरमा मात्रै यो प्रबिधिबाट उपचार भैरहेको डाक्टर पोख्रेलको भनाइ छ। शल्यक्रिया पछि धातुको कृतिम घुँडा लगाईएको डा. पोखरेलले बताए । बिरामी भएर तिन महिना देखी ओछ्यान पर्नु भएकी भण्डारी अहिले अन्य समान्य मानिश सरहनै हिँडडुल गर्न सक्ने भएकि छन। मानिशमा बुढ्यौलीका कारण, बिभिन्न रोग लागेपछि र शरिरको वजन धेरै हुँदा पनि घुँडा खिईने समस्या देखिने गरेको डा. पोखरेलले बताए ।