बैशाख ११, २०८१ मंगलबार

तत्काल बजार अनुगमन गरियोस्

सम्पादकीय

कोरोना महामारीमा आम नागरिकलाई स्वास्थ्यसँगै ठगिमा पर्ने डर हुन्छ । आम नागरिकका बाध्यतामाथि व्यापारीले सधैं मौका छोपिरहेका हुन्छन् । कोरोना पनि व्यापारीका लागि एउटा विशेष मौका बनेको छ । पहिलो र दोस्रो लहरमा आम नागरिक व्यापारबिाट हदैसम्म ठगिए । अहिले पनि त्यै जोखिम छदैछ । कोरोनाभन्दा पनि नागरिक तहमा ठगिनु पर्दा असह्य हुन्छ । सधैं किनमेल गरिरहेको ठाउँमा बाध्यताले बढि मुल्य तिर्नुपर्ने बाध्यता छ । ५ रुपैयाँमा खरिद गर्दै आएको मास्क १० रुपैयाँ तिर्नुपरेको छ । बजारमा व्यापारीको मनमरी कोरोनाभन्दा कम डरलाग्दो छैन ।

महामारीको मौका छोपेर कसैले पनि ठगि गर्न हुदैन । आपत विपतमा सहयोग गर्नुपर्ने नेपालीको संस्कार हो । तर, कोरोना महामारीको विपत्तिमा व्यापारीले आम नागरिकको बेहाल नै बनाए । दैनिक उपभोग्य सामग्रीमा मनपरी शुल्क लिइयो । त्यस्ता व्यापारीलाई स्थानीय प्रशासनबाट कुनै कारबाही भएन । कारवाहीका लागि नागरिकको तर्फबाट उजुरी पनि नभएको हुन सक्छ । यदि कोहि कसैबाट ठगिमा परेको महसुस भएमा प्रहरी प्रशासनमा खवर गर्ने गरौं । आफु ठगिएर चुप बस्यो भने व्यापारीले अन्य उपभोक्तालाई पनि ठगि गर्छन् । यसैले कोहि चुप नबसौं ।

झापामा भर्खरै जिम्मेवारी लिएर आएका प्रमुख जिल्ला अधिकारीले पनि बजार अनुगमनलाई प्राथमिकतमा दिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बजारमा नियमित अनुगमन गराउनुपर्छ । जिल्ला प्रशासनको जिम्मेवारीमा रहेको बजार अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाउने हो भने सर्वसाधरण नागरिकले ठगिनु पर्दैन । त्यसका लागि व्यापारीक संघ, संगठनहरुले पनि साथ सहयोग गर्नपर्छ । हरेक वस्तुमा कोरोनोले गर्दा मुल्य बढ्यो भन्दै बहाना बनाएर ठगि गर्नेहरुलाई कानुनी कठघरामा उभ्याउनुपर्छ । हरेक वस्तुको खरिद्मा मुल्य र त्यसको गुणस्तरण जाँच गर्न नभुलौं ।

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]