नामगेललाई नेपाल आइडलमा विजयी गराउन अपील
बिर्तामोड । झापा बिर्तामोड नगरपालिका–९ का नामगेल तामाङलाई नेपाल आइडल बनाउन अपील गरिएको छ । नेपालकै चर्चीत रियालिटी शो ‘नेपाल आइडल’ सिजन ४ को टप १२ मा पर्न सफल नामगेललाई जिताउन बिर्तामोडमा रहेका संगीतप्रेमी युवाहरुको आग्रह गरेका छन् । उनको प्रचारप्रसारका लागि युवाहरुले समिति गठन गरेका छन् ।

सानैदेखि गायन कलामा अब्बल तामाङलाई पूर्वको गहनाको रुपमा स्थापित गराउने उदेश्यले उनको प्रचारप्रसार र भोटिङ सपोर्टका लागि समिति निर्माण गरिएको जनाइएको बताइएको छ । सामाजिक सञ्जाल र युट्युवमा कभर गीत गाएर आफ्नो कला प्रस्तुत गर्दै सांगीतिक क्षेत्रमा चम्किलो तारा बनेका तामाङमा क्षमतासँगै अनुशासन भएकाले उनलाई जिताउन समिति गठन गरेको बुधवार बिर्तामोडमा पत्रकार भेटघाट गरेर जानकारी दिइएको छ ।
जुनसुकै प्रकारका गीत गाउन सक्ने गायक तामाङमा गुण रहेको र मेहनत, लगाव र अनुशासन भएकाले पनि उनले जित्नु पर्ने समितिका संयोजक तथा संगितकार जोनी तामाङले बताए । उनको प्रचार प्रसार र भोटिङ सपोर्टका लागि बिर्तामोडमा कार्यालय नै स्थापना गर्ने सपोर्टर प्रकाश लिङ्देनले बताएका छन् ।
संगितकार जोनी तामाङ रहेको समितिको सदस्यमा विशाल अग्रवाल, कृति भट्टराई, अपेक्षा राई, आयुस गुरुङ, अनिष पुडासैनी, राहुल राई, नसिब मगर, ललीत राजवंशी, अनिस सुवेदी, आशिष बुढाथोकी, सन्देश गुरुङ र विजय पाँचकोटी रहेका छन् ।