जेष्ठ ७, २०८१ सोमबार

किन छाड्ने केपी ओलीले अध्यक्ष र प्रधानमन्त्री ?

टिप्पणी । स्वभाबिक थियो नेकपा बरिष्ठ नेता माधवकुमार नेपालको घटुवा । किनकी नेपाल भन्दा झलनाथ खनाल बरिष्ठ हुनुहुन्छ । खनाल पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको हुनाले उहाँ नेपालभन्दा बरिष्ठ हो ।

उहाँलाई अन्याय भयो, अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले न्याय गर्नुभयो । पार्टी सचिवालयको यो निर्णय पछि एकाएक नेता नेपालमा बेचैनी छायो । परिणाम, उहाँले पार्टी निर्णयमा लिखित असहमति राख्नुभयो । असहमतिमा उहाँले जोड दिएको मुद्दा हो– अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि एक पद छोड्नुपर्छ ।

लामो समयको गृहकार्यपछि पार्टीमा भावनात्मक एकताका संकेतहरु देखिएका र सबैलाई उचित र न्यायपूर्ण जिम्मेवारी दिएका बेला किन माधव नेपाल विवाद झिक्न उद्यत हुनुहुन्छ ? यो प्रश्न गम्भीर छ । के नेता नेपालले भनेजस्तो केपी ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक छाड्नुपर्ने हो ?

अहिलेसम्म विकसित पार्टी राजनीति र विगतका अभ्यासलाई हेर्दा, माधव नेपालले उठाएको यो तर्क होइन, कुतर्क हो । यसको कुनै आधार छैन । कुनै व्यक्ति पार्टीका किन मुख्य जिम्मेवारीमा बस्छ वा बस्दैन भन्ने उसको नेतृत्व क्षमतामा भरपर्छ । माधव नेपालले पार्टीलाई कहाँ पुर्याउनुभयो र केपी ओलीले कहाँ ल्याउनुभयो, त्यसको मुल्याकंन नगरी यस्ता मुद्दा उठाउनुको अर्थ रहन्न ।

नेपाललाई चित्त नबुझ्दैमा ओलीले पद छाड्नुपर्ने होइन । किन ओली प्रधानमन्त्री र अध्यक्ष दुबै हुनुहन्छ । र, किन दुबै पद उहाँले छाड्नुहुँदैन ? त्यसका केही आधार हेरौं ।

पहिलो, केपी ओली पार्टीको महाधिबेशनमा माधव नेपाललाई पराजित गरेर पार्टी अध्यक्ष बन्नुभएको हो । ओलीलाई अध्यक्ष नेपालले दिएको होइन । महाधिवेशन प्रतिनिधिले निर्वा्चित गरेका हुन । निर्वा्चित अध्यक्षले माधव नेपालले भन्दैमा पद छाड्न मिल्छ ? नेपालको हुन पद छाड भन्ने ?

दोश्रो, माधव नेपालले पहिलो पार्टी एमालेलाई आफ्नो १५ बर्षे महासचिवको कार्यकालमा तेश्रोमा खुम्च्याउनु भएको हो । पार्टीलाई रसातलमा पुर्याएपछि सक्दिन भनेर पद छाड्नुभएको हो ? पार्टी समाप्तपारेपछिको नैतिकताको के अर्थ रहन्छ ? समाप्त पारेको पार्टीलाई अहिले पहिलो नम्बर कसले ल्याएको हो ? प्रष्ट छ केपी ओलीले । त्यसैले ओलीलाई पद छाड भन्ने नैतिक अधिकार नेपाललाई छैन ।

तेश्रो, माधव नेपालले पार्टी नेतृत्व गरिरहँदा एमालेलाई लिंङ्ग नखुलेको पार्टी भन्ने बिशेषण दिइन्थ्यो । धेरैले उभय लिंगीपार्टीको समेत संज्ञा दिए । पार्टी अस्तित्वको संघर्षमा थियो । तर यो पार्टीलाई ओलीले पहिचान दिए । पार्टीको लिंङ्ग छुट्टयाउन नसक्नेहरुलाई के हो एमाले भन्ने पहिचान ओलीले दिए । अनि पार्टीलाई यो तहसम्म ल्याउने ओलीले किन अध्यक्ष छाड्ने ?

चौथों, भारतले संविधानजारी नगर्न दबाब बिरुद्ध को लड्यो ? ओली । संविधानजारी नगर्न सन्देश लिएर आउनेलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर भन्दै हप्काएर पठाउने को ? ओली । त्यसपछि संविधानजारी गर्ने कार्यको नेतृत्व ओलीले लिनुभएको हो । नाकाबन्दी लगाउँदा त्यसका बिरुद्ध डटेर सामनागर्दै भारतलाई समेत झुकाउँदै सार्वभौमिक समानता कसले कायम गर्यो ? केपी ओलीले । नेपालीको गुमेको आत्मा सम्मान फर्काउने नेता ओली हुनुहुन्छ । अनी उहाँले पद किन छाड्ने ?

पाचौं, राष्ट्रियताको नेतृत्व गरेको जनताले देखे । ओलीको माग भयो । उहाँलाई बिश्वास गरेर जनताले मतदिएर प्रधानमन्त्री बनाएका हुन । जब नागरिकको मत पाएर ओली प्रधानमन्त्री हुनुभएको हो भने माधव नेपालले भन्दैमा उहाँले प्रधानमन्त्री पद छाडनुहुन्छ ? कोही व्यक्तिको निहित स्वार्थ र सहजताका लागि जिम्मेवार राजनेताले सत्ता र पार्टीको नेतृत्व छाड्दैन । यो आमनागरिकप्रतिको अपमान हुन्छ ।

छैटौं,अध्यक्ष र प्रधानमन्त्री दुबै कसैका छनौटका पद होइनन् । अर्थात यी दुई मध्ये एक रोज्ने पद होइनन् । त्यसो भए त अध्यक्ष हुने व्यक्ति प्रधानमन्त्री हुनु नहुने र प्रधानमन्त्री हुने व्यक्ति अध्यक्ष हुनु नहुने पार्टी बिधान हुनुपर्यो । अध्यक्ष भएर कार्य क्षमता प्रदर्शन गरेपछि निर्वाचन जित्ने हो । त्यसपछि संसदीय दलको नेता भएर प्रधानमन्त्री बन्ने हो । ओलीले यी सबै कसैले दिएर होइन, निर्वाचन लडेर हासिल गर्नुभएको हो । त्यसैले एउटा समाप्ने र अर्को छाड्ने भन्ने प्रश्न आउँदैन ।

सातौं, ओलीले मुर्छित सपना बिउँझाउनुभयो । निराश नेपाली जनतामा आशा संचार गर्नुभयो । नेपाल बिकासको मार्ग्चित्र बनाउनुभयो । त्यस अनुसार नीति, कार्यक्रम र बजेट ल्याउनुभयो । ती कार्यान्वयन भइरहेका छन् । आर्थिक बृद्धिदर अहिलेसम्मकै उच्च छ । बिकास तिब्र गतिमा अघि बढेको छ । यही बेला एउटा पद रोज वा छाड भन्नुको अर्थ के हुन्छ ? के माधव नेपाल देशलाई पहिला झै अस्थिर बनाउन चाहानुहुन्छ ?

आठौं, पहिलो पटक नेपाल वास्तविक सार्वभौम राष्ट्र भएको छ । नेपाल अन्तराष्ट्रिय जगतमा देखिन र सुनिन थालेको छ । विकासमा केन्द्रित भएर लगानी गर्न नेपाल आब्हान गर्न सक्ने भएको छ । प्रधानमन्त्री ओलीले जहाँ गए पनि लगानी गर भनेर आग्रह गरिरहनु भएको छ । त्यस अनुसारका प्रतिबद्धता आएका छन् । अनि यही बेला किन ओलीले पद रोज्ने वा छाड्ने ?

नवौं, माधव नेपाल असफल प्रमाणित भइसक्नुभएको नेताहुनुहुन्छ । असफलप्रमाणित नेताले सडकमा योजनाबद्ध रुपमा थालिएका षड्यन्त्रको नेतृत्व गरेको देखिनु लज्जाको बिषय हो । नेपाललाई पार्टीले सम्मान गरेको हो, त्यसैले उहाँले क्षमता अनुसारको पद पाउनुभएको छ । तर आफूले भने अनुसार भएन भन्दैमा पार्टीका निर्णयप्रति सार्वजनिक असन्तुष्टी राख्दै नेतृत्वलाई खुइल्याउने प्रयास थाल्नु त आफ्नै अवसान निम्त्याउनु हो ।

प्रष्ट छ ओलीले अध्यक्ष र प्रधानमन्त्री कसैको निगाहमा पाउनुभएको होइन । जव आफ्नो क्षमता र सघर्षबाट यो उचाई हासिल गर्नुभएको हो भने किन उहाँले पद छाड्ने ? नेता नेपालले बेलैमा बुझ्दा राम्रो ।

प्रकाशित मिति : भाद्र ४, २०७६ बुधबार  ६ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]