जेष्ठ २८, २०८२ मंगलबार

मूल्य वृद्धि विरुद्ध सडकमा उत्रियो झापाको अनेरास्ववियु

बिर्तामोड । अनेरास्ववियु झापाले पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध बिरोध प्रदर्शन गरेको छ । आज बिर्तामोडको मुक्ति चोकमा भेला भएका विद्यार्थीले मूल्य वृद्धि गरेको भन्दै सरकार विरुद्ध नाराबाजी गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सरकारका गलत गतिविधि विरुद्ध आवाज उठाउदै अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेका छन् । अनेरास्ववियुका बिद्यार्थीले सरकारले खोप गायब गरेको भन्दै खबरदारी गरेका छन् ।

बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै युवा नेता टिकाराम मग्रातीले सरकारले जनताको ढाड सेक्ने काम गरेको बताएका छन् । पटकपटक मुल्य वृद्धि गर्दै सरकार नागरिकको जिम्मेवारीबाट भागेको आरोप लगाए । मग्रातीले भने, अनेरास्ववियु झापाले आम नागरिकको पक्षमा आवाज उठाएको छ ।

अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले तत्काल मूल्य वृद्धि फिर्ताको माग गरेका छन् । उनले मुल्य वृद्धि फिर्ता नगरे सडकबाटै सरकारलाई तह लगाउने चेतावनी दिए । लामाले भने, परमादेश सरकारको दिनगन्ती शुरु भइसकेको छ । अब, बिद्यार्थीको माग सुनुवाइ नभए त्यसको क्षती भयानक हुने बताए ।

प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]