जेष्ठ २८, २०८२ मंगलबार

भिजिट भिसामार्फत् खाडी राष्ट्रको भ्रमणमा जान प्रतिबन्ध

काठमाडौं : सरकारले कोरोना संक्रमणको जोखिमका कारण मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामार्फत् जान रोक लगाएको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो ।

कोभिड तिब्र रुपमा फैलिइरहेको र विभिन्न उद्देश्यले खाडीका देश र मलेसियामा गएका नेपालीहरु विचल्लीमा परेको गुनासो आएपछि यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

‘विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसिया गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचना प्राप्त भएकोले २०७८ माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमण गर्न जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : माघ ८, २०७८ शनिबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]