बैशाख १४, २०८१ शुक्रबार

थन्कियो वीरता जेसीजको एम्बुलेन्स

बिर्तामोड । वीरता जेसीज बिर्तामोडको एम्बुलेन्स ६ महिनादेखि प्रयोगविहीन भएको छ । प्रयोगविहीन भएपछि एम्बुलेन्सलाई विर्तामोड नगरपालिकाको सवारी पार्किङ क्षेत्रमा राखिएको छ ।

कोभिड महामारी भइरहेको अवस्थामा जेसीजले एम्बुलेन्स सञ्चालनमा ल्याउन सकेको छैन । नगरपालिकाले दमकल, शव वहान र अन्य सवारी राखेको क्षेत्रमा एम्बुलेन्स पनि सुरक्षित अवस्थामा राखिदिएको छ । दमकलका एक कर्मचारीका अनुसार ६÷७ महिनादेखि राखेको एम्बुलेन्स कोहि पनि लिन पुगेका छैनन् ।

??????

वीरता जेसीजले २००२ मोडलको एम्बुलेन्स बिर्तामोड नगरपालिकालाई भाडामा प्रयोग गर्न दिएको थियो । भाडामा प्रयोग गर्न लिएको एम्बुलेन्समा धेरै समस्या भएपछि नगरपालिकाले समेत प्रयोग गर्न सकेको छैन । बिर्तामोड नगरपालिकालाई एम्बुलेन्स निशुल्क रुपमा हस्तान्तरण गरेको वीरता जेसीजका एम्बुलेन्स सेवा समितिका संयोजक राजेन्द्र चौलागाईले जानकारी दिए । उनका अनुसार शुरुआतमा भाडामा दिइए पनि अहिले एम्बुलेन्स नै नगरपालिकालाई हस्तान्तरण गरिएको हो । उनले भने, एम्बुलेन्स चलिरहेको छ, कुदिरहेको एम्बुलेन्स नै नगरपालिकालाई दिइएको हो ।

बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले एम्बुलेन्स नगरको स्वामित्वमा नरहेको जानकारी दिएका छन् । उनका अनुसार कार्यपालिका बैठकले नै एम्बुलेन्स नलिने निर्णय गरेको थियो । धेरै समस्या भएको एम्बुलेन्स प्रयोगमा ल्याउन नसकिने भएकाले त्यसलाई फिर्ता गरिएको पाण्डेको भनाई छ । उनले भने, त्यो एम्बुलेन्स बनाउने खर्चले नयाँ एम्बुलेन्स आउने देखियो । धेरै पुरानो एम्बुलेन्स सञ्चालन गर्न कानुनी समस्या पनि छ, उनले थपे ।

सन् २००२ मोडलको सो एम्बुलेन्स बिर्तामोडमा शिखर साँझ गरेर खरिद गरिएको थियो । बिर्तामोडमा एम्बुलेन्स अभाव हुँदा २ सय अगुवाबाट ३÷३ हजार संकलन गरेर खरिद गरेको एम्बुलेन्स २० वर्षपछि प्रयोगबिहीन भएको छ ।

सो एम्बुलेन्सको अधिकांश पार्टपुर्जा परिवर्तन गर्नुपर्ने र बनाउन नयाँ एम्बुलेन्स खरिद गरे बराबर खर्च हुने भएकाले प्रयोग नगरेको नगरको भनाई छ । ‘पुरानो काम नै नलाग्ने भएपछि नगरलाई जेसीजले पन्साएको मात्र हो’, एक चालक भन्छन् ।

प्रकाशित मिति : माघ ८, २०७८ शनिबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]