चैत्र १६, २०८० शुक्रबार

२० हजार परीक्षण गर्दा १० हजारभन्दा बढी सङ्क्रमित, १६ को निधन

बिर्तामोड । पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार १८७ परीक्षण गर्दा १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार ८६२ पुगेको छ ।

पछिल्लो समय थप ७०८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख २० हजार २८३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १६ जना मृत्यु विगत २४ घण्टामा आज एकै दिन १६ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

अहिलेसम्म ११ हजार ६५१ जनाको सङ्क्रमणका कारणले मृत्यु भएकोे छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५–१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहँु, स्याङ्जा, बागलुङ, दाङ, सुर्खेत र कञ्चनपुर रहेका छन् ।

नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ७१ हजार २६१, संस्थागत आइसोलेशनमा एक हजार ६०१, आइसीयूमा २१० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा आज एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५८९ मात्रा लगाइएको छ ।

प्रकाशित मिति : माघ ८, २०७८ शनिबार  ५ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]