जेष्ठ ४, २०७९ बुधबार

भिडभाड बन्द गर्दै सेवामा लाग्न झापा एमालेको आग्रह

बिर्तामोड । नेकपा एमाले झापाले सबै किसिमका राजनीतिक, सामाजिक, धार्मिक लगायतका भिडभाड हुने कार्यक्रमहरु हाललाई बन्द गरिदिन आम जनसमुदायमा आग्रह गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले आज प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य मापदण्डलाई पालना गरी सचेततापूर्वक आफ्नो दैनिक जीवन सञ्चालन गर्न, आ-आफ्नो ठाउँबाट स्वयमसेवी भूमिका निर्वाह गर्न र संकटमा परेका मानिसको सेवामा आफूलाई अग्रपंक्तिमा उभ्याउनसमेत अपील गरेका छन् ।

संक्रमणका अघिल्ला चरणहरुमा हाम्रो पार्टीका समर्थक, शुभचिन्तक, जनप्रतिनिधि, कार्यकर्ता तथा नेतृत्व वर्गले जनस्तरमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्दै प्रेस विज्ञप्तिमा भनिएको छ, यसरी नै जनतालाई संक्रमणको जोखिमबाट बचाउन र यसले पार्ने नकारात्मक प्रभाव र चुनौतिको सामना गर्न सबै पक्षको एकता र सहयोगको उत्तिकै जरुरी छ ।

प्रकाशित मिति : माघ ९, २०७८ आईतबार  ५ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास