चैत्र १६, २०८० शुक्रबार

मुल्य वृद्धि विरुद्ध झापामा अनेरास्ववियुको हस्ताक्षर अभियान

बिर्तामोड । अखिल नेपाल स्वतन्त्र विधार्थी युनियन झापाले मुल्य वृद्धि विरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको छ । अनेरास्ववियु झापाले बिर्तामोडमा पहिलो दिन हस्ताक्षर अभियान सञ्चालन गरेको जिल्ला अध्यक्ष रोशन लामाले जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थसहित मानवीय जीवनका दैनिक उपभोग्य वस्तुमा असान्दर्भिक रुपमा मुल्य वृद्धि गरेको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेको अध्यक्ष लामाको भनाई छ । तमाम् विधार्थीहरुले मुल्य वृद्धि फिर्ताको माग गर्दै हस्ताक्षर गरेको उनको भनाई छ ।

मुल्य वृद्धि फिर्ताको माग गर्दै गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइने जिल्ला सचिव नारायण पोखरेलले जानकारी दिए । उनका अनुसार झण्डै १ हजार विधार्थी तथा सर्वसाधारणले ऐक्यवद्धता जनाउदैं हस्ताक्षर गरेका छन् । मुल्य वृद्धि फिर्ताका लागि रचनात्मक कार्यक्रम गर्दै दवाव दिने सचिव पोखरेलको भनाई छ ।
सोही अवसरमा अनेरास्ववियुले मास्क समेत वितरण गरेको थियो ।

प्रकाशित मिति : माघ ९, २०७८ आईतबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]