बैशाख २४, २०८२ बुधबार

पहिलो खेलमा नेपाल भारतसँग ५-० ले पराजित

काठमाण्डौ – भारतमा जारी साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ५-० ले पराजित भएको छ ।

भारतको कल्याणीमा भएको खेलमा सुरुवातदेखि नै नेपालमाथि हावी भएको भारतले छैटौं मिनेटमा पहिलो गोल गर्‍याे । उसका लागि महेसोन सिंहले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्न सफल भए । खेलको सुरुवातमा नै गोल खाएको नेपालले ४३ औं मिनेटमा फेरि अर्को गोल बेहोर्‍याे, उसका लागि मजुम्दारले गोल गर्न सफल भए ।

पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा थप तीन गोल थप्यो । ५० औं मिनेटमा फेरि मजुम्दारले नै गोल गर्न सफल भए । त्यसपछि ५६ औं मिनेटमा भारतले चौथो गोल गर्‍याे । उसका लागि नोङमिकामपले गोल गर्दै टिमलाई चार शून्यको अग्रतामा पुर्‍याए । 

खेलको अन्त्यतिर भारतले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै पाँचौ गोल गर्न सफल भयो । नेपालले भारतविरुद्ध आक्रामक खेल खेल्न नसक्दा एक गोल पनि गर्न सकेन । 

प्रकाशित मिति : भाद्र ४, २०७६ बुधबार  २ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]