जेष्ठ २७, २०८२ सोमबार

झापामा १७९ जनामा कोरोना पुष्टि, बिर्तामोडमा सबैभन्दा धेरै

बिर्तामाड । झापामा आज १७९ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये सबैभन्दा धेरै बिर्तामोडमा संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा मात्रै ५१ जनामा कोरोना पुष्टि भएको छ ।

बिर्तामोडमा सबैभन्दा धेरै ५१, मेचीनगरमा २३, भद्रपुरमा २०, कनकाईमा १८ , अर्जुनधारामा १६ र दमकमा ११ जनासहित १७९ जनामा कोरोना पुष्टि भएको हो । गौरीगञ्ज गाउँपालिका बाहेक सबै पालिकामा कोभिड पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा हालसम्म २७ हजार ५ सय ७८ जनामा कोरोना पुष्टि भइसकेको छ । २५ हजार ७ सय ३२ जना डिस्चार्ज भइसकेका छन् । कोरोना कै कारण जिल्लामा ६६१ जनाको ज्यान गएको छ । यस्तै, १८ वर्षमाथिका ७६.५ प्रतिशत नागरिकले जिल्लामा खोप लगाइसकेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार  ७ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]