बैशाख २०, २०८१ बिहीबार

प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचन सुरु

विराटनगर । प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । प्रदेशमा राष्ट्रियसभाको तीन सिटका लागि बुधबार विहान ९ बजेपछि मतदान सुरु भएको हो ।

अहिले विराटनगर स्थित प्रदेश निर्वाचन कार्यलय र बालि संरक्षण कार्यलय भवनमा मतदान भइरहेको छ । प्रदेश सभाका सांसद र पालिकाका प्रमुख उपप्रमुखले मतदान गर्ने क्रम जारी छ । अहिले प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला तथा याेजना मन्त्री इन्द्रबहादुर आङबाे, सामाजिक विकासका मन्त्री जयराम यादबले मतदान गरिसकेका छन् ।

प्रदेशमा तीन पदका लागि हुन लागेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आठ जना चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा (एमाले) का तर्फबाट खुल्लातर्फ मोरङका गुरु बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा रहेका छन् ।

यस्तै सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली काङ्ग्रेस झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) बाट भोजपुरकी जयन्ती राई र अल्पसङ्ख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई चुनावी मैदानमा छन् । यस्तै राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुल्ला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दिएका छन् । राप्रपाले अपाङ्गता तथा अल्पसङ्ख्यकतर्फ भने उम्मेदवारी दिएको
छैन ।

प्रदेश १ मा खुल्ला, महिला र अल्पसङ्ख्यक – अपाङ्गतर्फ तीन सदस्यका लागि निर्वाचन हुँदैछ । एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्यहरू नैनकला ओझा, अगमप्रसाद बान्तवा राई र पर्शुराम मेघी गुरुङको पदावधि आगामी फागुन २० मा सकिँदैछ । रिक्त हुने स्थानको लागि निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  १० : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]