जेष्ठ २७, २०८२ सोमबार

झापाको जनसंख्या ९ लाख ९४ हजार, धेरै जनसंख्या भएको चौथो जिल्ला

बिर्तामोड । राष्ट्रिय जनगणना –२०७८ को प्रारम्भिक नतिजा अनुसार झापाको जनसंख्या ९ लाख ९४ हजार ९० जना पुगेको छ । तथ्याङक विभागका अनुसार १० वर्षमा १.९३ प्रतिशत जनसंख्या वृद्धि भएको छ ।

देशको कुल जनसंख्याको ३.४१ प्रतिशत जनसंख्या झापाको रहेको तथ्याङकमा उल्लेख छ । औषत परिवार संख्या ४.०४ रहेको विभागको विवरणमा उल्लेख छ ।

आज सार्वजनिक भएको प्रारम्भिक नतिजा अनुसार झापा देशकै धेरै जनसंख्या भएको चाथौ जिल्लामा परेको छ । ०६८ को जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६ सय ५० जना रहेको थियो ।

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  ४ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]