जेष्ठ ६, २०८१ आईतबार

बजारकै कारण जोखिम

सम्पादकीय

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावट डरलाग्दो छ । यसको संक्रमण दर उच्च भएकै कारण हरेक दिन संक्रमितको संख्या बढ्दो छ । नयाँ भेरियन्ट संक्रामक भए पनि मृत्युसम्म पुराउदैन भन्ने भ्रमका कारण लापरबाही बढिरहेको छ । डाक्टरभन्दा जान्ने सर्वसाधरण मानसिकताले पनि कोरोना भाइरस संक्रमणलाई मद्दत पुगेको छ । मुलुकभर अहिले लापरबाही कै कारण संक्रमण दर बढेको भन्दा लापरबाही गर्नेहरु नमान्न सक्छन् । तर, सत्य यहि हो । यसको समाधान भनेकै आम नागरिकको तर्फबाट सतर्कता हो ।

सरकारले जोखिम क मगर्न विधालय बन्द गरेको छ । सरकार तथा सार्वजनिक निकायमा सेवाका लागि मापदण्डहरु बनाएको छ । मापदण्डले आम नागरिकको चहलपहललाई स्वभाविक रुपमा घटाएको छ । चहलपहल कम हुनासाथ भाइरस संक्रमण हुन कम हुन्छ । कम मान्छेलाई संक्रमण भएमा कमै फैलिने हो । यसैले मानवीय चहलपहल नै पहिलो प्राथमिकतमा राखेर कम गर्नुपर्छ । मानवीय चहलपहल हुने सबै जसो क्षेत्रमा कडाई गरिएको छ । त्यै पनि मापदण्डको परिपालना नगर्नेहरुका कारण जोखिमलाई मलजल पुगेको छ ।

अहिले कोरोना भाइरस संक्रमणको मुख्य जोखिम भनेकै बजार हो । बजारमा कोरोना भाइरसको कुनै प्रवाह छैन । कोरोना भाइरस संक्रमण फैलिएको नै बजार खुल्ला भए र हो । बजार खुल्ला हुनासाथ मानवीय चहलपहल बढिरहन्छ । मानवीय चहलपहल भएपछि संक्रमण कम हुन सक्दैन । यसैले बजार क्षेत्रमा अझै कडाई गर्न आवश्यक छ । कडाई नगर्ने हो भने संक्रमण फैल्याउन तयार भए हुन्छ । बजार नै कोरोना नियन्त्रणका लागि चुनौति बनिरहेको छ । यस तर्फ सम्बन्धित सबैले ध्यान दिनुपर्छ । क्षणिक व्यापार भन्दा पनि लामो जीवनको माया गरौं ।

प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार  १० : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]