जेष्ठ २७, २०८२ सोमबार

गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो : उपमहासचिव रिमाल

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताउनुभएको छ । बुधवार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्दा बाँकी सत्ता गठबन्धनले हात पारेको थियो ।

उपमहासचिव रिमालले आज सामाजिक सञ्जालमा भन्नुभएको छ, “अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।”

उहाँले अहिलेको राष्ट्रियसभा निर्वाचन पुरानो जनमत रहेको उल्लेख गर्नुहुँदै आगामी स्थानीय प्रदेश र सङ्घीय निर्वाचन नै रियल हुने बताउनुभएको छ ।

“अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादेशको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरू चुनावबाट भाग्ने बहानावाजी गर्दै छन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संविधान च्यात्ने धुनमा उनीहरू छन्। सतर्क होऔं !” उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार  ११ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]