पशुपंक्षी तथा मत्स्य विकास शाखाको नवनिर्मित भवन उद्घाटन
बिर्तामोड । बिर्तामोड नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । वडा नम्बर ४ स्थित नमुना टोलमा निर्माण गरिएको भवनको बिहीबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले वैदिक कार्यक्रमसहित रिवन काटेर उद्घाटन गरे ।
वडा नम्बर ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रुमख सावित्रा दाहाल लगायतको उपस्थितिमा भवनको उद्घाटन गरिएको हो ।
महेन्द्र रत्न उच्च माध्यमिक विद्यालयको २ कठ्ठा जग्गामा शाखाको ५ कोठे भवन निर्माण गरिएको हो । भवन एक करोड रुपैयाँको अनुदान लागतमा नेपाल लाइभ स्टक इनोभेसन प्रोजेक्टले निर्माण गरिदिएको शाखा प्रुमख सावित्रा दाहालले जानकारी दिए । पशुपंक्षी तथा मत्स्य विकास शाखाले आजदेखिनै आफ्नो सेवा नयाँ भवनमा रहेको कार्यालयबाट नै सुरु गरेको पशु प्राविधिक विष्णु भट्टराईले जानकारी दिए ।