जेष्ठ २७, २०८२ सोमबार

झापामा एक जिल्ला एक उत्पादन अन्तर्गत झोला बनाइदै

बिर्तामोड । एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत झापामा झोला बनाउने कार्यक्रम सञ्चालन गरिएको छ । घरेलु तथा साना उधोग कार्यालय झापाको आयोजनामा अर्जुनधारा ११ र मेचीनगर १२ मा झोला बनाउने कार्यक्रम शुरु गरिएको हो ।

घरेलु तथा साना उधोग कार्यालय झापाका प्रमुख जयनारायण अधिकारीका अनुसार जिल्लाका दुई ठाउँमा एक जिल्ला एक उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । दुवै ठाउँको कार्यक्रम बिहीवार उद्घाटन गरिएको अधिकारीले जानकारी दिए । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले कार्यक्रमको उद्घाटन गरेका छन् ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख पोर्तेलले पुँजी र प्रविधिकै व्यवस्था गरिएको हुँदा सीप सिकाईमा ध्यान दिन आग्रह गरेका छन् । उनले तालिम लिने र उत्पादनसँग नजोडिने भए कार्यक्रममा सरिक नहुन सूझाव दिए । प्लाष्टिकका झोला विस्थापन गर्ने उद्देश्यले कागजका झोला उत्पादनका लागि कार्यक्रम आयोजना गरिएको पोर्तेलको भनाई छ ।

१० लाख रुपैयाँ बजेटमा दुई ठाउँ कार्यक्रम आयोजना गरिएको घरेलुका प्रमुख अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार झोला सिलाउने मेसिन, आवश्यक प्राविधिक सामग्री र झोला बनाउने कच्चा पदार्थ समेत प्रदान गरिएको छ । उनले वातावरणमैत्री झोला उत्पादनमा समुदायको योगदान जरुरी रहेको बताए । प्रमुख अधिकारीले झोला उत्पादनलाई निरन्तर अघि बढाउन सूझाव दिदैं बजारीकरणमा जोड दिएका छन् ।
१ महिनासम्म लघु उद्यमकी प्रतिनिधि निर्मला भण्डारीले झोला बनाउने सीप सिकाउने बताइएको छ ।

प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]