बैशाख २४, २०८१ सोमबार

नेपालमा पानी जहाज, दमकमा बन्दरगाह

संजीव गिरी

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा चर्चामा आएको एक समृद्धको नारा हो ‘सुखी नेपाली, समृद्ध नेपाल’ । सुखी नेपाली समृद्ध नेपालमा प्रधानमन्त्री ओलीले धेरै महत्वकांशी परियोजना अगाडि सार्नु भयो । ती परियोजना पूर्व–पश्चिम रेल मार्ग, चीनसँग पारवहन सम्झौता नेपाल–चीन बिच रेलवे जडान, सुख्खा बन्दरगाह र नेपाल जस्तो भुपरिवेष्ठित देशमा पानी जाहाजको सपना थियो ।

पानी जहाजको परियोजना सबैभन्दा विवादित र आलोचनाको विषय बनेको थियो । विपक्षीले त बाल्टिमा कागजको जहाज बनाएर प्रदर्शन गर्नसम्म भ्याए, खुब उडाइयो । तर त्यो बीचमा नै २०७५ पौष २९ गते मन्त्रिपरिषद्को बैठकले पानी जहज कार्यालय स्थापना र सञ्चायलन गर्ने निर्णय गर्यो ।

१६ जना कर्मचारीको दरबन्दी सहित पानी जहाज कार्यालय स्थापना भयो । पानी जहाज कार्यालयले के कति काम गर्यो ? त्यो समीक्षाको विषय हो । तर सकारात्मक कुरा के हो भने पानी जहाजको सपना देख्नुमा मिथ्या थिएन । कार्यालय स्थापना गर्नु नै ठुलो कुरा होइन । त्यसलाई निरन्तरता दिनु ठुलो कुरा हो । त्यसलाई ठोस आकार दिनु, एक गतिमा परियोजना अगाडी बढाउनुपर्छ । समग्रमा भन्नु पर्दा धेरैलाई लाग्ने एक मिथ्या सपनाको खाका कोरिएको थियो ।

सम्भावना

सम्भवतः अहिलेको प्राविधिक समयमा असम्भव भन्ने कुरा कमै होलान् । विश्व परिवेशमा हामीबीच धेरै परियोजना यस्ता छन् जुन सुरुमा असम्भव नै थिए । तर दृढ शक्ति र अठोट भएपछि असंभव नै संभावनामा परिणत हुँदो रहेछ । तपाईहरुमा केहि परियोजना जस्तै, पानामा नहर, सुएज नहर र तीन गजियस ड्याम जस्ता विशाल परियोजनाका बारे जान्ना र बुझ्न अनुरोध गर्दछु । यि यस्ता परियोजना हुन जसले विश्वमा अर्थतन्त्र नै परिवर्तन गर्योे । यिनिहरुको सामाजिक र भु–राजनीतिक रुपमा आफैमा महत्वपूर्ण परियोजना हुन् । यि सबै पृष्ठभूमि बाध्नुको औचित्य कुनै ठुला परियोजना जसले देशको मुहार फेर्ने क्षमता राख्छ । जसले युगैयुग समृद्धिको बहार ल्याउँछ । त्यस्ता परियोजना प्रति सकारात्मक सोच राख्नुपर्छ । नेपालमा पनि ठुला ठुला खेल परिवर्तन गर्ने परियोजना बनाउन जोड दिनुपर्छ होइन भने विश्वाका मुलुकहरु समय सँगै अगाडि बढेको अवस्थामा हामी तेश्रो मुलुक कै दर्जामा सिमित हुने छौँ ।

नेपालमा पानी जहाज आउने सपना मिथ्या नभएको र वास्तवमै सम्भव छ । किनभने हामीसँग हाम्रो छिमेकी भारत र बङ्गलादेशको लाजवाफ हौसलाजनक उदाहरण छ । सन् २०१८ नोभेम्वर १२ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पहिलो आन्तरिक जलमार्ग (कोलकत्ता–ब्राहनशी ) को उद्‍घाटन गर्नुभयो । यो भारतको पहिले आन्तरिक जलमार्ग थियो जुन गंगा नदीमा सफलता पूर्व सोह्र कन्टेनर सहित प्रयोग गरिएको थियो ।

यो प्रयोजना जलमार्ग विकास प्रोजेक्टको अन्तर्गत बनेको हो । त्यस्तै अहिले एक सय भन्दा बढि आन्तरिक जलमार्ग भारतमा बन्दै छन् । उदाहरणका लागि nw-1 मा हल्दिया देखि अल्लाहबार १६२० कि.मि जस्ले युपि, बिहार, झारखण्ड र वेस्ट बङ्गाललाई कभर गर्छ । (…….) nw-2 ब्रहमपुत्र नदीमा धुब्रि देखि साधिया, ८९१ कि.मि जस्ले आसाम, वेस्ट वेङ्गाल, अरुणाञ्ल प्रदेश र मेघालयलाई समाहित गर्छ । nw-3 गोदाबारी, कृष्णा एण्ड केनल्स ककिनाडा देखि पुडुचेरी, १०७८ कि.मि ।

यस्ता धेरै साना ठुला आन्तरिक जलमार्ग भारतमा बनिरहेको छ । जुन आउने दिनमा धेरै लाभदायी सावित हुनेछ ।

भारतले मात्र होइन वङ्गलादेशले पनि आफ्नो आन्तरिक जलमार्गको विकाश धेरै गरेको छ । आजको दिनमा वङ्गलादेश र भुटानको विच जलमार्गबाट व्यापार भइरहेको छ । वङ्गलादेशले भारतको ब्रह्मपुत्र नदी प्रयोग गरेर भुटानसँग व्यापार गरी रहेको छ । करिव वङ्गलादेश र भुटानविच ७२० कि.मिको दुरी छ । जसमध्ये आन्तरिक जलमार्गबाट ६०० कि.मि र स्थलमार्ग बाट १२० कि.मि तय गरि व्यापार भइरहेको छ ।

हाम्रा छिमेकीले आन्तरिक जलमार्गमा क्रान्ति गरिरहेको वेला हामीले पनि यस विषयमा संवेदनशील भएर सोच्न र मनन् गर्ने बेला भएको छ । हामीले पनि नेपालको जलमार्ग विकास गर्ने हो भने भारतको Nw-1 सँग इन्टरलिङ्क गर्न सक्छौ । र, भारतको कल्कत्ता बन्दरगाह प्रयोग गर्न सक्छौ । साथै बङ्गलादेशसँग पनि व्यापार बढाउन सक्छौ । त्यसको लागि खोज अनुसन्धान र दृढ अठोट अवश्य चाहिन्छ । नेपालमा पनि यस विषयमा बोल्ने विज्ञहरु छन् । जसमध्ये यस परियोजनालाई सुरुकै खण्डबाट जोड दिदै आउनु भएको जलसरोकार जानकार तथा राजनीतिक विश्लेषक अरुण सुवेदी हुनुहुन्छ । उहाँको खोज अनुशन्धान अनुसार नेपाल पानीजहाज ल्याउन हाम्रो खोलाको वेगमा स्थिर ल्याउनु पर्छ । त्यसको लागि कोशी उच्च बाँध बन्न जरुरी भएको उहाँको जिकिर छ । विश्लेषक सुवेदीका अनुसार कोशी उच्च बाँध उदयपुरको मैना मैनी डाँडाँको नाका (पश्चिाम) र सुनसरी बराहक्षेत्र डाँडाँको नाका (पूर्व) मा बाँध निर्माण गर्नु उपयुक्त हुने छ ।

जहाँ अरुण, सुनकोशी र तमोर नदी एक साथ मिसिन पुग्छन र बाँधको उचाई २६९ मि. हुनेछ । यो बाँधमा दुई वटा नहर हुनेछन् एउटा पश्चिम तर्फ जसबाट ११०० घन मि. प्रति सेकेण्ड आरक्षित पानी छाडिनेछ र पूर्व तिरको नहरमा १४०८ घन मि. प्रति सेकण्ड आरक्षित पानी छाडिनेछ । यसरी हामीले बाढीलाई नियन्त्रण र खोलाका वेगहरुलाई नियमन गर्न सक्नेछौ । जलसरोकारका जानकार अरुण सुवेदी । पूर्वी नहर जस्को गहिराई ७ मिटर र चौढाई १५५ मिटर हुन्छ ,त्यही नहरलाई प्रयोग गनुपर्छ । पूर्वी नहर चतराबाट पहाडको फेदै फेद पूर्व मेची नदीमा मिसिने र त्यही नेपालको मेची नदी भारतको फुलहर नदीमा मिसिन्छ, फुलहर नदी तल पक्का बाँध छ । जहाँ भारतले आन्तरिक जलमार्गबाट जाहाज चलाहिरहेको छ । यसरी नेपाल भारत वीच सम्झदारीमा आन्तरिक जलमार्ग सुदृढ बनाउने हो भने पानी जहाज नेपालको चतरासम्म आउने निश्चित छ र बन्दरगाह चाहि दमक हुनेमा उहाँ सुनिश्चित हुनुहुन्छ ।

प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार  ५ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]