जेष्ठ ७, २०८१ सोमबार

विद्यालय बन्द कायमै राख्न सरकारलाई सिफारिस

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ ।

शुक्रवार बसेको सीसीएमसी बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न समेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस पनि बैठकले गरेको छ । साथै, खोप केन्द्रहरुलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको प्रवक्ता नेपालको भनाई छ ।

प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार  ६ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]