जेष्ठ २७, २०८२ सोमबार

दुर्घटनामा बालिकाको मृत्यु

कनकाई – कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् । बुबा बालकृष्णले चलाएको मे१त ७५९ नंको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकीआरुची घाइते भएकी हुन् । उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएकोे थियो । उनको उपचारकै क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : माघ १५, २०७८ शनिबार  ४ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]