जेष्ठ २७, २०८२ सोमबार

उल्टो यात्राबाटै महाकाली : एकैदिनमा बिर्तामोड आइपुगे

बिर्तामोड । दाङ तुलसीपुर– ३ रानागाउँका ऋषि परियार उल्टो पैदल यात्रा गर्दै बिर्तामोड आइपुगेका छन् । काँकरभिट्टाबाट उल्टो पैदलयात्रा गर्दै उनी विर्तामोड आइपुगेका हुन् । आज विहानबाट उनले मेचीमहाकाली उल्टो पैदल यात्रा शुभारम्भ गरेका थिए ।

मेचीको पुलबाट यात्रा सुरु गरेका परियारले पहिलो दिन १८ किलोमिटर पुरा गरेका छन् । २ महिनामा महाकाली पुग्ने योजना बनाएका परियारले दैनिक ३० देखि ४० किलोमिटर यात्रा गर्ने जानकारी दिए ।

हातले टेकेर यसअघि विश्व रेकर्ड (गिनिज बुक) मा नाम लेखाई सकेका परियारले उल्टो यात्रा सकेर पनि आवेदन दिने बताएका छन् ।
स्वास्थ्यका लागि पैदल यात्रा नारा दिएका परियारले कोरोनामुक्त समाजको परिकल्पना गर्दै यात्रा प्रारम्भ गरेका थिए । उनलाई स्थानीय राजनीतिक दलका अगुवा, जनप्रतिनिधि, सामाजिक अभियान्ता र सुरक्षा निकायका प्रतिनिधिले मेची पुलबाट विदाई गरेका थिए ।

आज विर्तामोड आइपुगेका परियार आइतवार विहानै पश्चिम लाग्ने छन् ।

प्रकाशित मिति : माघ १५, २०७८ शनिबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]