बैशाख २५, २०८१ मंगलबार

शहीद के सोच्दै होलान ?

सम्पादकीय
राष्ट्र र जनताका लागि त्याग गर्ने महान शहीदहरुलाई आज विषेश सम्झना गरिन्छ । किनभने, आज शहीद दिवस हो । दिवसको अवसर पारेर मात्रै शहीदको सम्मान गर्ने परम्पराले नेपालमा शहीदको सम्मान हुन सकेको छैन । नेपालमा शहीदलाई एक मिनेटको मौन धारणमा टारिएको छ । वास्तवमा शहिदको सम्मानका लागि शहीदको सपना साकार हुनु जरुरी छ । राष्ट्रमा परिवर्तन ल्याउन शहिदहरुले बलिदानी दिए । तर, त्यो बलिदानीको मर्म र भावना अहिलेको नेतृत्वले बुझ्न सकेको छैन ।

२००७ सालको प्रजातन्त्र पश्चात् पुनः निर्दलीय व्यवस्था लगायत ३२ सालको जनमत संग्रह हुँदै ०४७ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलीय प्रजातन्त्रको पूर्नस्थापनासम्ममा धेरै ज्ञात अज्ञात नेपाल आमाका छोराछोरीहरु शहिद भए । उनीहरुको सपना र परिकल्पना अहिलेको अप्ठ्यारो नेपाल थिएन । सबै नेपालीलाई सुख, समृद्धि र शान्ति थियो । अहिले त, प्राप्त उपलब्धीलाई समेत जोगाउन हम्मेहम्मे भइरहेको छ । यो अवस्थामा मौन धारणले टार्नु खोज्नु शहीदप्रतिको अपमान हो ।

विभिन्न खाले परिवर्तनका आन्दोलनमा जीवन बलिदान दिने महान शहीदहरुको सम्मानका लागि जनताको भावनालाई कदर गरेर आशाहरु पुरा गर्दै जानुपर्छ । लामो संघर्ष र त्यागपछि पाएको व्यवस्थाबाट जनताले खास केहि पाएका छैनन् । जनताका नाममा फेरि केहि शासक नै बनेका छन् । ति शासकहरुलाई शहीदको बलिदानी र जनताको दुखेसोसँग कुनै पनि मतलव छैन । तीन तहको सरकार छ । जनता कुनै सरकारसँग सन्तुष्ट छैनन् । यो अवस्थामा शहीद के सोच्दै होलान ? भन्ने कुराको हेक्का अहिलेका नव शासकहरुले मध्यनजर गर्नैपर्छ । शहीदको सम्मान त्यति बेला हुनेछ, जतिवेला जनता खुशी हुनेछन् ।

प्रकाशित मिति : माघ १६, २०७८ आईतबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]