जेष्ठ २७, २०८२ सोमबार

झापामा कोरोनाबाट ६६४ जनाको मृत्यू

बिर्तामोड । झापामा शनिवार ७५ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा धेरै गौरादह नगरपालिकामा २१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । शनिवार जाँच कम भएकै कारण पुष्टि हुनेको संख्या समेत कम भएको हो । शनिवार थप एक महिलाको ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय झापाका अुसार २ हजार ३२ जना होमआइसोलेशन र २२ जना अस्पताल भर्ना भएका छन् । झापामा कोरोना पुष्टि हुनेको संख्या २७ हजार ८ सय ६२ जना पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ६६४ रहेको छ ।

जिल्लामा १८ वर्षमाथिका ७७.४ प्रतिशत नागरिकले कोभिड विरुद्ध पहिलो डोज लगाएका छन् । ७०.७ प्रतिशतले दोस्रो खोप समेत लगाइसकेका छन् । १२ वर्षमाथिका ६६.७ प्रतिशत बालबालिकाले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : माघ १६, २०७८ आईतबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]