जेष्ठ २७, २०८२ सोमबार

थप ३ हजार ५४० जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १३ हजार १४५ जनामा परिक्षण गर्दा ३ हजार ५४० जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ६ हजार ३५९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ७३५ पुगेको छ ।

प्रकाशित मिति : माघ १६, २०७८ आईतबार  ४ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]