बैशाख २५, २०८१ मंगलबार

निर्वाचनको मिति तोकियोस्

सम्पादकीय

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशव्यापी आन्दोलन घोषणा गरेकै दिन सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्रै गर्ने निर्णय गरेर फेरि झुक्याउने प्रपञ्च शुरु गरेका छन् । संविधानले व्यवस्था गरे अनुरुप निर्वाचन गर्नुपर्नेमा सरकार निर्वाचनको मिति तोक्न सकिरहेको छैन । केहि दिनअघिसम्म संविधानमा खोट देखाउदै निर्वाचन सार्न उद्दत सरकार अहिले निर्वाचन गर्ने निर्णय सार्वजनिक गरिरहेको छ । निर्वाचन हुदैन भन्नै मिल्नै । निर्वाचन गर्नैपर्छ । अहिलेको सवाल भनेको निर्वाचनको मिति नै हो । मिति तोकिनुपर्छ ।

सत्तारुढ गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने बताइरहेको बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैशाखभित्रै चुनाव हुनुपर्ने माग अघि सारेको छ । संविधानले व्यवस्था गरे अनुसार जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पुरा भइसक्दा नयाँ जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हाल्नुपर्छ । अर्थात, स्थानीय पालिकाहरुलाई जनप्रतिनिधि बिहीन बनाउन मिल्दैन । निर्वाचन गर्ने तर, कहिले गर्ने भन्ने मामिलामा सरकार स्पष्ट छैन । प्रतिपक्षी दलको आन्दोलनलाई साम्य बनाउन मात्रै निर्वाचन गर्ने भनेको हो या संविधानको पालना गर्न खोज्या हो । यसबारे स्पष्ट हुनलाई पनि मिति तोक्नै पर्छ ।

निर्वाचन आयोगले यतिधेरै ताकेता अहिलेसम्मको कुनै सरकारलाई गर्नुपरेको थिएन । संविधानमा कमजोरी खोजेर व्यवस्थालाई नै मास्न खोज्ने वर्तमान सरकारसँग आम नागरिक सतर्क हुन अपरिहार्य छ । किनभने, यसले विभिन्न ठाउँमा कमजोरी खोजेर लोकतन्त्रलाई नै धरापमा पार्ने देखियो । यसैले आम नागरिकको तर्फबाट सरकारलाई स्थानीय तहको निर्वाचनको मिति तोक्न दवाव दिनैपर्छ । दवावका लागि सबै सचेत क्षेत्र जागरुप हुनैपर्छ । केहि पार्टीहरु निर्वाचनमा त्रसित भइरहेको हुँदा मिति तोक्न नखोज्नु सरकारको अर्को कमजोरी हुने निश्चित छ । यसैले इतिहास बोकेको नेपाली कांग्रेस निर्वाचनका लागि तम्तयार हुनैपर्छ ।

प्रकाशित मिति : माघ १७, २०७८ सोमबार  ९ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]