बैशाख २५, २०८१ मंगलबार

बालबालिकाको संस्थागत सक्रियता

सम्पादकीय

झापाका विभिन्न पालिकाहरुमा अहिले बाल क्लवहरु सक्रिय छन् । बालबालिकालाई संगठित गर्ने सवालमा स्थानीय तहले पनि उदारता देखाएको छ । बालबालिकालाई संगठित गर्दै उनीहरुको परिचानलाई प्रभावकारी बनाउन थालिएको छ । जिल्लाका अधिकांश पालिकाहरुमा बालबालिकालाई सक्रिय रुपमा सामाजिक काममा संलग्न गराउन थालिएको छ । बालबालिकालाई कुनै पनि सार्वजनिक निकालयले चासो दिदैन थिए । तर, अहिले प्रायः सबै सार्वजनिक निकायमा बालबालिकाको उपस्थिति बढ्दै गएको छ ।

शहीद दिवसका दिन कनकाई नगरपालिकामा बालबालिकाबिचमा अन्तरक्रिया भएको छ । बालबालिकालाई हेर्ने दृष्टिकोण बारे स्थानीय बालबालिकाबिचमा अन्तरक्रिया भएको हो । विधालय र घरमा मात्रै केन्द्रीत बालबालिकाहरु आफ्नो अधिकारका लागि संगठित रुपमा आवाज उठाउन थालेका छन् । स्थानीय तहहरुमा बालबालिकाहरु संगठित रुपमै आफ्नो अधिकार माग गर्दै आएका छन् । झापाका बालबालिकाले देखाएको सक्रियता प्रशंसायोग्य छ ।

अब बालबालिकाहरु बालअधिकार मात्र होइन, स्थानीय तहको काम कारबाहीमा खवरदारी गर्न पनि अग्रभागमा आउनुपर्छ । बालअधिकारको सवालसँगै सबै नागरिक र क्षेत्रको अधिकारको सवालमा संयुक्त रुपमा बोल्नुपर्छ । स्थानीय तहमा होइन, सार्वजनिक निकाय र सरकारी क्षेत्रमा भइरहेका वेथिती विरुद्ध बालबालिकाको आवाज सशक्त हुनुपर्छ । पछिल्लो समय बालबालिकाहरु प्रविधिको गलत प्रयोग र लागुऔषधमा संलग्न भएको पाइन्छ । यस प्रकारका गलत क्रियाकलापहरु नै मुल समस्या हो । संगठित भएका बालबालिकाहरुले गलत गतिविधिमा संलग्नहरुलाई समयमै सहि बाटोमा डोहोर्याउन आवश्यक छ ।

प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]