जेष्ठ ४, २०८१ शुक्रबार

गठबन्धनले देशलाई ओरालो र विनाश तर्फ धकेल्यो : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो र विनाशतर्फ धकेलेको बताउनुभएको छ ।

आज भक्तपुरमा आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान पाँच दलीय गठबन्धनको  सरकारलाई देशको माया र चिन्ता नभएकोले अहिले देश ओरालो र विनाशतर्फ धकेलिएको बताउनुभएको हो । 

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकारले देशलाई आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको आरोप समेत लगाउनुभएको छ । उहाँले वर्तमान सरकार जनताप्रति अनुत्तरदायी हुनुका साथै शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्र समेत डामाडोल बनाएको बताउनुभयो ।

प्रकाशित मिति : माघ १९, २०७८ बुधबार  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]