बैशाख २५, २०८१ मंगलबार

औचित्यहीन गठबन्धन

सम्पादकीय

स्थानीय तहको निर्वाचन जेठ ४ मा गर्ने गरि प्रस्ताव भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा र निर्वाचन आयोग बिच भएको समझदारीलाई अव मन्त्रीपरिषद्ले पारित गरेर मिति तोक्नुपर्छ । मन्त्रीपरिषद्ले अवश्य पनि जेठ ४ मै स्थानीय तहको निर्वाचन गर्छ भन्ने विश्वास छ । मन्त्रीपरिद्मा नेपाली कांग्रेस मात्र छैन । यदि कांग्रेस मात्र थियो भने तत्कालै मिति तोकिन सक्थ्यो । तर, त्यहाँ माओवादी र नेकपा समाजवादी पनि छ । यसका कारण कांग्रेसलाई मिति तोक्न समस्या पनि हुन सक्छ ।

संविधानले व्यवस्था गरे अनुरुप स्थानीय तहको निर्वाचन गर्नुपर्छ । संविधानलाई दायाँ बायाँ गर्न पाइदैन । तर, वर्तमान सरकारमा विभिन्न स्वार्थ केन्द्रीत दलहरु समेत भएको हुँदा संविधानमाथि खोट देखाउने प्रयास पनि भइरहेको छ । वास्तवमा गठबन्धन मुलुकका लागि आवश्यक नै होइन । देश बनाउन गठबन्धन गर्नुपर्ने हो । यहाँ एउटा निश्चित पार्टीलाई सिध्याउने र सरकार कब्जामा लिने स्वार्थले गठबन्धन बनाइयो । त्यसको मुख्य लाभकर्ता भनेको माधव नेपाल र प्रचण्ड हुन् ।

स्थानीय तह निर्वाचन गर्ने सवालमा गठबन्धनको निरन्तरतालाई जोड दिइएको छ । यसको अर्थ, निर्वाचनमा जानलाई गठबन्धन नभए जित्नै नसकिने परिस्थिति छ । खासगरी कांग्रेसलाई गठबन्धन चाहिएको होइन । कांग्रेस अन्य दलसँग एक्लै पनि प्रतिष्पर्धा गर्न सक्छ । एमाले पनि प्रतिष्पर्धा गर्ने गरिकै तयारीमा देखिन्छ । तर, माओवादी र समाजवादीलाई नै गठबन्धन हुनु पर्ने स्वार्थ के हो ? जनताले अवश्य बुझेका छन् । यो गठबन्धनको औचित्य भनेको गलत नियतसँग जोडिन्छ । स्वच्छ प्रतिष्पर्धा गर्ने हो भने मात्रै जनताले पनि उचित मुल्याङकन गर्न सक्छन् । तर, कमजोरहरु पनि बलियासँग टाँसिए भने उनीहरु बलियाकै बराबर नतिजा हात पार्न सक्छन् । जनताले यस तर्फ ख्याल गर्न जरुरी छ । गठबन्धनका नाममा जे जस्ता सुकै निर्णय गर्नु बेठिक छ । बहुमतका नाममा जनताले भावी जीवन दुख पाउनुभन्दा अहिले नै सचेत हुन अपरिहार्य छ ।

प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]