बैशाख २५, २०८१ मंगलबार

क्यान्सर समयमै उपचार गरौं

सम्पादकीय

आज विश्व क्यान्सर दिवस । क्यान्सरबाट बच्न सबैले ऐक्यवद्धता गर्ने दिन । मानव जीवनमा सबैभन्दा खतरा मानिने रोग क्यान्सर हो । केहि वर्षअघि सम्म क्यान्सरको उपचार संभव छैन भन्ने गरिन्थ्यो । तर, पछिल्लो समय क्यान्सर समयमा उपचार गरियो भने संभव छ भन्ने गरिन्छ । यसको उपचारमा लाग्ने ठुलो रकमका कारण पनि धेरै रोगीहरु यसको उपचार गराइरहेका हुदैनन् । जो कोही क्यान्सरबाट पीडित बन्नस नपरोस्, त्यसका लागि शुभेच्छा छ । क्यान्सरबाट टाढा रहन सोही अनुसारको जीवनशैली बनाऔं ।

पछिल्लो वर्ष क्यान्सर रोगीको संख्या बढ्दो छ । क्यान्सर उपचारका लागि अहिले पूर्व नेपालमा पनि सुविधाजनक अस्पताल सञ्चालनमा आएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल स्थापना भएपछि क्यान्सर उपचारका लागि देश बाहिर जानुपर्ने अवस्था छैन । क्यान्सर रोगको उपचारका लागि कार्यरत डाक्टरहरुका अनुसार क्यान्सर रोगी बढिरहेका छन् । समयमा उपचार नगराएकै कारण धेरेको ज्यान जाने गरेको छ । क्यान्सरको उपचार समयमा गराए मात्रै उपचार संभव छ ।

क्यान्सरको शंका लागेपछि क्यान्सर अस्पताल नै जानुपर्छ । तर, क्यान्सर लागेर पनि दोस्रो स्टेपका विरामीहरु सामान्य मेडिकलमा पुगेर उपचार गरिरहेको पाइन्छ । क्यान्सरका कारण शरिरभरी मासु पलाएका सर्वसाधरण सामान्य मेडिकलमा पुगेर काटेर फालिदिन्छन् । क्यान्सर बढेर धेरै जोखिम भइसक्दा पनि क्यान्सर अस्पताल अस्पताल नपुग्दा ज्यान गुमाउनुपरेको अवस्था छ । अव्यवस्थित खानपान र जीवनशैलीले क्यान्सरको जोखिम बढेर गएको छ । यसैले समयमै ख्याल गरेर क्यान्सरबाट बचौ, क्यान्सर लागेमा समयमै उपचार गरौं ।

प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]